May 15, 2025, Thursday
२०८२ जेष्ठ २

२०२३ पछि तल्लोबाटोबाट अमेरिका छिरेका ९ लाख ट्रम्पको दोश्रो डिर्पोटको सुचिमा !

२०८१ फाल्गुन ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.1K

ट्रम्प प्रशासनको नीति अनुसार गत दुई वर्षमा अमेरिका छिरेका ९ लाख ३६ हजार ५०० भन्दा बढी मानिसहरू डिर्पोटेसनको दोश्रो लिष्टमा रहेको खुलेको छ । यदि उनीहरूले आफ्नो स्थिति समायोजन नगरेमा, जुनसुकै बेला कानुनी रूपमा अवैध हुने उल्लेख रहेको द गार्जियनले समाचार छापेको छ । ट्रम्प प्रशासनले दिएको चेतावनीपछि अमेरिकामा रहेका ९ लाख मानिसहरु पनि त्रासमा रहेका छन ।

तल्लो बाटो हुँदै दुईबर्षको बीचमा अमेरिका खासगरी सन २०२३ जनबरीपछि अमेरिका प्रवेश गरेकाहरु ट्रम्प प्रशासनको सुचिमा रहेको बताइन्छ । पहिलो तार्गेटमा रहेका झण्डै लाख अबैध आप्रवासी जो विविध अपराधिक गतिविधि वा अन्य कानुनी झमेलामा परेकाहरु पक्राउ गर्दै डिर्पोट गर्दै छ तर ट्रम्प प्रशासनले चाहे जस्तो सफलता पाउन सकेको छैन भन्दै व्यापक मात्रामा आप्रवासन न्यायधिषसम्म निस्कासन गरिरहेको छ । राष्ट्रपति ट्रम्प भने गिरफ्तारी दरसँग असन्तुष्ट देखिएका छन् र एजेन्सीलाई थप कारबाही गर्न दवाव दिइरहेका छन् । वाशिंगटन पोस्टका अनुसार, जनवरी २५ मा प्रति दिन ७५ पक्राउ गर्नुपर्ने लक्ष्य तोकिएको छ—जुन प्रति दिन १,८७५ गिरफ्तारी हुन आउँछ । यसको परिणामस्वरूप, कुनै आपराधिक रेकर्ड नभएका आप्रवासीहरूको व्यापक गिरफ्तारी बढ्ने सम्भावना रहेको छ ।

ट्रम्प प्रशासनले २१ सय सक्रिय सैनिकहरूलाई सीमामा खटाएको छ । नयाँ रक्षा सचिवले सीमाको भ्रमण गरेपछि सैन्य निर्वासन उडानहरू जारी छन् । पहिलो पक्राउ परेका आप्रवासीहरू ग्वान्टानामोमा पठाइएका छन । दुई सैन्य विमानमार्फत भेनिजुएलाको संगठित अपराध समूहसँग सम्बन्धित करिब दुई दर्जन आप्रवासीहरूलाई क्युबाको ग्वान्टानामो बेस्थित हिरासत केन्द्रमा पठाइएको छ ।