February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकामा २४ घण्टामा ५ हजारभन्दा बढी पक्राउ, अबैध आप्रबासीको भागाभाग, विधार्थीहरु काममा जान छाडे !

२०८१ माघ १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.5K

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिको कार्यभार सम्हालेपछि जारी कार्यकारी आदेशको आधारमा अमेरिकाका अबैध आप्रवासी बस्ने सबै जसो राज्यहरुमा धरपकड र पक्राउ तिव्र पारिएको छ । पक्राउसंगै कागजात नभेटिएका र आराधिक गतिविधिमा संलग्नहरु द्रुत गतिमा डिर्पोटेसन गर्न थालीएको छ । जसमा आईसीईले ५ हजार भन्दा बर्ढी अवैध आप्रवासीलाई पक्राउ गरेको विभिन्न सन्चार माध्यमहरुले जनाएको छ । सिएनविसि १० समाचारका अनुसार बोस्टन, सिकागो, न्यूयोर्क , टेक्सास गरी ५ हजार भन्दा बढी २४ घण्टाभित्र पक्राउ परेका हुन ।

न्यूयोर्कसहित सेन्चुरी सिटीबाट अबैध र आपराधिक गतिविधिमा संलग्न ११ सयभन्दा बढी अबैध आप्रवासी पक्राउ परेका छन । जसमा केहि रेड कर्नर नोटिस जारी भएकाहरु पनि परेका छन । जसमा मेक्सिको, ग्वाटेमाला, एलसाल्भाडोर, भेनेजुयलालगायत देशबाट अमेरिकाहरु अपराधिमा संलग्न रहेका छन । केहि मानिसहरु अमेरिकाबाट २, ३ पटक डिर्पोट गरिएकाहरु पनि छन । उनिहरु डिपोर्ट गरे पनि फेरी अमेरिका फर्केर आएकाहरु रहेको बताइएको छ ।

त्यसैगरी पहिलो चरणमा पक्राउ परेकाहरु धेरैजसो अपराधी रहेको जनाइएको छ । तीमध्ये केहीलाई अपहरण, हत्या र बलात्कारको आरोपसमेत रहेको छ । त्यसैगरी डालास फोर्थवर्थबाट मात्रै १३ सय भन्दा बढी व्यक्तिहरु आईईएसले एकैदिन पक्राउ गरेको जनाएको छ । टेक्सास नेपाली बसोबास बाक्लो रहेको क्षेत्रमा पर्दछ तर अहिलेसम्मको जानकारीमा नेपालीहरु परेको वा नपरोको कुनै जानकारी प्राप्त भएको छैन । स्थानीय नेपाली समाजले त्यस्तो कुनै सुचना नपाएको जनाएको छ ।
कतिपय स्थानहरुमा स्थानीय मेयरहरुबाट केन्द्रिय सरकालाई सहयोग नभएको बताइन थालिएका छ तर पनि पक्राउ प्रक्रिया व्यापक बनाइएको छ । त्यसको असर धेरै अबैध आप्रवासी हुने टेक्सास, क्यालिफोनिया, न्यूयोर्क जस्ता राज्यहरुमा भागाभागको स्थिति पैदा भएका छन ।

रेष्टुरेन्ट र ग्यास स्टेसनहरुमा काम गर्ने मानिसहरुको अभाव हुने अवस्था शुरु भएको छ । कतिपय कलेजका विधार्थीहरुले काम गरिरहेका स्थानहरु पनि छापा हान्न थाले पनि नेपाली विधार्थीहरु काममा जान छाडेको बताइएको छ । कलेज बाहिर काम गर्न नपाईने भए पनि विधार्थीहरु बहुसख्यक रेष्टुरेन्ट र स्टोरहरुमा काम गर्ने गर्दछन । जसमा कुनै पनि बेला छापा मार्न सक्ने भएकाले विधार्थीहरु भयभित देखिएका छन । त्यस्ता विधार्थीहरु नियमित पेरोलमा काम नगर्ने कारण खासै समस्या नहुने बताइए पनि जुन तरिकाबाट धरपकड गरिएको छ विधार्थीहरु आउनसक्ने समस्याका कारण काममा जान छाडेको बताइएको छ । अमेरिकी ईतिहासमा पहिलो पल्ट सैनिक जहाजहरु प्रयोग गर्दै डिर्पोट प्रक्रिया तिव्र पारिएको छ ।

कतिपय सेन्चुरी सिटी र डेमोक्र्याट राज्यहरुमा भागदौडको प्रभाव नपरोस भन्नाका लागि सहयोगी कार्यहरु शुरु भएका छन । त्यस्तो अवस्थामा आफ्नो परिचयकार्डहरु साथमा लिएर हिड्ने र फोनमा नजिकैको आफन्त वा साथीलाई जानकारी गराउने लगायत उपायहरु सिकाउने गरिएको छ ।