February 7, 2025, Friday
२०८१ माघ २६

६ देशमा श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त

२०८१ कार्तिक १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

280

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ६ वटा देशमा ६–६ जना श्रम काउन्सिलर र श्रम सहचारी नियुक्त गरेको छ । उनीहरुले नेपाली दुतावासमा रहेर श्रम मामिलासम्बन्धी कार्यसम्पादन गर्नेछन् ।

मन्त्रालयले आन्तरीक प्रतिस्पर्धाको आधारमा उपसचिव स्तरको श्रम काउन्सिलर र अधिकृतस्तरको श्रम सहचारी नियुक्त गरेको हो । श्रम काउन्सेलरमा दीपेन्द्र पौडेल (युएई), कविराज उप्रेती (साउदी अरव), मैया कडेल (दक्षिण कोरिया), कुष्णप्रसाद भुसाल (मलेसिया) र सीता दुवाडी (कतार)मा नियुक्त गरेको हो ।

त्यस्तै श्रम सहचारीमा सुनिता थापा (बहराइन), प्रेमप्रसाद पोखरेल (कतार), पंकजलाभ कर्ण (युएई), जीवनकुमार घिमिरे (साउदी अरव, जेद्दा), बिकासकुमार रजक (मलेसिया) र दामोदार ज्ञवाली (ओमन) रहेका छन् ।