April 23, 2025, Wednesday
२०८२ बैशाख ११

क्यानाडामा नेपाल चेम्बर अफ कमर्स

२०८१ श्रावण १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

660

क्यानाडाको एबी प्रान्तको क्यालगारी सहरमा विधिवत रुपमा अल्बर्टा नेपाल चेम्बर अफ कमर्स (एएनसीसी) को उद्घाटन गरिएको छ। उद्घाटन समारोहमा क्यानाडाका लागि नेपाली राजदूत भरतराज पौड्याल, एबी प्रान्तका कानुनमन्त्री मिकी अमेरी, मेम्बर अफ पार्लियमेन्टका प्रतिनिधिहरू जर्ज चहल, यसराज हेलेन, क्यालगारी महानगरपालिका वडा नं ५ का वडा अध्यक्ष राज धालिवाल, पूर्वमन्त्री जेरेमी निक्सन प्रान्तको मुख्यमन्त्रीको सचिवालयबाट डा. चिका डानीएल्स, हृयप्पी म्यानको उपस्थिति थियो।

यस कार्यक्रमको सुरुवात एएनसीसीका उपाध्यक्ष दिवस ढकालद्वारा विधिवत रूपमा सञ्चालन भएको थियो। एएनसीसीका अध्यक्ष समीर पाण्डेबाट स्वागत मन्तव्य दिएर कार्यक्रममा उपस्थित सबै अतिथीहरुलाई स्वागत गरेका थिए । सो अवसरमा उनले च्याम्बरले नेपाल र क्यानाडाको एबी प्रान्तबीचको आर्थिक विकास, सामाजिक विकास, पर्यटन र प्रवर्द्धन, व्यापारिक सम्बन्ध र दुई देशको सरकारबीचको ब्रिज च्याम्बरको काम गर्ने बताए ।