Newyork Time 01:46 am
July 27, 2024, Saturday
२०८१ श्रावण १२

महासंघ अध्यक्ष र कतार राजदूतबीच भेट

२०८० चैत्र १३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

465

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले कतारका राजदूतसँग नेपालमा थप लगानी भित्र्याउने वातावरण बनाउन आग्रह गरेका छन् ।

ढकालले सोमबार नेपालका लागि कतारका राजदूत मिसाल बिनमोहम्मद अल अन्सारीसँग भेटवार्ता गरेका थिए ।

भेटमा दुई देशबीच आर्थिक सहयोग अभिवृद्धि र व्यापार साझेदारीलाई बढावा दिने विषयमा कुराकानी भएको महासंघले जनाएको छ ।

अध्यक्ष ढकालले नेपालमा थप लगानी गर्नुपर्नेमा जोड दिए । उनले राजदूतलाई नेपाल एक बढ्दो अर्थतन्त्र भएको र नेपालमा लगानीका लागि प्रशस्त अवसर रहेको बताए ।

उनले लगानीमैत्री वातावरण बनाउन सरकारले कानुन र नियमावली परिमार्जन गर्न निजी क्षेत्रसँग सहकार्य गरिरहेको पनि बताए ।

महासंघ र कतार चेम्बरबीच एक संयुक्त व्यापार परिषद् स्थापना गर्ने योजनाको छलफल पनि भएको महासंघले जनाएको छ ।

संयुक्त व्यापार परिषद्ले नेपाल र कतारबीचको सहकार्य र सूचना आदानप्रदानलाई सहज बनाउने अपेक्षा गरिएको छ ।