संघीय संसद्ले अन्तर्राष्ट्रिय सम्बन्ध मजबुत बनाउने भन्दै ४१ संसदीय मित्रता समूहहरू गठन गरेको छ । बिहीबार सिंहदरबारमा आयोजित यी समूहहरूको संयुक्त बैठकमा प्रतिनिधि सभा सभामुख देवराज घिमिरेले ४१ विभिन्न देशहरूको प्रतिनिधित्व गर्ने समूहहरूमा तोकिएका सांसदहरूको नाम घोषणा गरे ।
तर, सभामुख घिमिरेले तीन संसदीय मित्रता समूहहरूको संयोजक अझै तोक्न बाँकी रहेको बताउएका छन ।
तोकिएका संयोजकहरूलाई आफ्नो सम्बन्धित देशहरूसँग संसदीय सम्बन्धलाई सुधार गर्न सक्रिय रूपमा काम गर्न आग्रह गर्दै, उहाँले समूहहरूको गठनमा ढिलाइ भएको स्वीकार गर्नुभयो । सभामुख घिमिरेले यी समूहहरूको एजेन्डालाई अघि बढाउन महत्त्वपूर्ण रहेकोमा जोड दिनुभयो । उहाँले समूहहरूको कार्यविधि छिट्टै स्थापना गरी व्यवस्थित गरिने जानकारी दिनुभयो।
सभामुख घिमिरेले संघीय संसद्का १६ संसदीय समूहहरू औपचारिक रूपमा संगठित हुन बाँकी भएकाले सचिव बिना समूहहरूलाई व्यवस्थित गर्न चुनौति रहेको औंल्याउनुभयो । तोकिएका केही संयोजकहरूमा नेपाल अमेरिका संसदीय मित्रता समूहका लागि कांग्रेस सांसद डा. प्रकाश शरण महत, अष्ट्रेलियाका लागि गगनकुमार थापा, फ्रान्सका लागि विश्वप्रकाश शर्मा, बेलायतका लागि विराजभक्त श्रेष्ठ, रसियाका लागि रघुजी पन्त, र चीनका लागि नारायणकाजी श्रेष्ठ रहेका छन्। विदेशमा पहिलेदेखि नै संसदीय ककस समुह भन्दै गठन गर्ने चलन रहेको छ । यसले कसरी काम गर्ने भन्ने कार्यविधि भने बनी सकेको छैन ।