February 8, 2025, Saturday
२०८१ माघ २६

अब अमेरिकामा गर्भपतन गर्न बन्देज, राष्ट्रपति ट्रम्पद्धारा कार्यकारी आदेशमा हस्ताक्षर

२०८१ माघ १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

645

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गर्भपतनलाई लक्षित गर्ने दुई कार्यकारी आदेशहरूमा हस्ताक्षर गरेका छन । पहिलो आदेशले मेक्सिको सिटी नीतिलाई पुनःस्थापित गर्नेछ, जसले गर्भपतन गर्ने वा यसको प्रवद्र्धन गर्ने अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई संघीय कोष प्राप्त गर्न रोक्दछ । यो नीति, जसलाई गर्भपतन अधिकार समर्थकहरूले बिरोध गर्दछन । १९८० को दशकदेखि रिपब्लिकनहरूले ह्वाइट हाउसको नियन्त्रण लिएपछि सामान्यतया यो गर्भपतनका विषयमा बन्देज लगाईने गर्दै आएको छ ।

दोस्रो आदेशले लामो समयदेखि रहेको संघीय नीतिलाई पुष्टि गर्दछ, जसअनुसार अमेरिकाले संघीय कोषलाई गर्भपतनका लागि प्रयोग गर्दैन । यी कदमहरू उनले शुक्रबार वाशिङ्टनमा हजारौं गर्भपतन विरोधीहरूलाई सम्बोधन गरेपछि आएको हो । उक्त कार्यक्रममा उनले सन् १९७३ मा सर्वोच्च अदालतले गरेको निर्णयको ५२ औं वार्षिकीको स्मरण गरेका थिए । सो निर्णयले गर्भपतनको राष्ट्रिय अधिकार स्थापना गरेको थियो, तर यो अधिकार अदालतले सन् २०२२ मा उल्ट्याएको थियो ।