अमेरिकाको टेनेसिमा ३ जना नेपालीलाई पक्राउ गरिएको समाचार प्राप्त भएको छ । अमेरिकामा समाजिक कार्य गर्दै आउनु भएकी अधिकारकर्मी नर्मदा क्षेत्रीका अनुसार पक्राउ गरिएका ३ मध्ये १ लाई सोधपुछ पछि छाडिएको र दुईलाई नियन्त्रणमा लिएको छ । छोडिएका व्यक्तिको आधिकारिक भिषा अर्थात एफ १ भिषा स्टाटस रहेको बताइएको छ जसका कारण उनि रिहाई भए ।
पक्राउ परेकाहरु लाईसेन्सविना गाडी चलाएको भेटिएपछि पक्राउ परेको बताईन्छ यद्दपि पुर्ण विवरण प्राप्त भएको छैन ।
केहि समय अघि टेक्सासबाट एक नेपाली विधार्थी पक्राउ परेका थिए । यतिखेर ग्रिन कार्य नै भए पनि सामान्य गल्ति हुँदा पनि कडाईसाथ कारबाही चलाइएको छ । कागजात नहुनेहरु पक्राउ पर्ने वित्तिकै डिर्पोट गरिएको विभिन्न समाचार माध्यमहरुले जनाएका छन । पक्राउ पर्नेहरुको नाम भने खुल्न सकेको छैन ।