February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिकामा ठोकिएको विमान र हेलिकोप्टरका सबै ६७ यात्रुको निधन

२०८१ माघ १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

365

 

बुधबार वाशिंगटन डीसी नजिकै एउटा अमेरिकन एयरलाइन्सको जेट र अमेरिकी सेनाको हेलिकप्टर आपसमा ठोक्किँदा दुवै विमानमा सवार ६७ जनाको मृत्यु भएको छ । यस दुर्घटनाले अमेरिकामा पछिल्ला दुई दशकमा नभएको ठुलो विमान दुर्घटना भएको भन्दै विभिन्न कोणबाट छानवीन शुरु भएको छ । संसारकै सुरक्षित हवाई सुरक्षा दावी गर्ने अमेकिनहरुका लागि यो निकै ठुलो आश्चर्यजनक घटना हो र यसको सत्यतथ्य बाहिर ल्याउने द गार्जियन समाचारमा जनाइएको छ । विमान र हेलिकोप्टर आकासमै ठोकिएर नदिमा खसेको थियो ।

बुधबार राति करिब ९ बजे रिगन नेसनल एयरपोर्टमा अवतरण गर्न लागेको अमेरिकन ईगल फ्लाइट ५३४२ अमेरिकी सेनाको ब्ल्याक हक हेलिकप्टरसँग ठोक्किँदा दुबै विमानका भग्नावशेष चिसो पोटोम्याक नदीमा खस्दा प्लेनमा रहेका ६४ यात्रु तथा चालक दलका सदस्यहरू र हेलिकप्टरमा रहेका तीन सैनिकहरूको मृत्यु भएको छ । सबै मृतकको सनाखत हुन नसकेपनि खोजी कार्य जारी रहेको छ ।

व्यावसायिक विमान सेनासँग ठोक्किएपछि उद्धार टोलीहरूले वाशिंगटन डीसीस्थित रोनाल्ड रिगन नेसनल एयरपोर्ट नजिकैको पोटोम्याक नदीमा खोज तथा उद्धार कार्यका लागि परिचालन गरिएको छ । यो दुर्घटना सन् २००९ पछि अमेरिकामा भएको पहिलो घातक व्यावसायिक विमान दुर्घटना हो । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका प्रमुख यातायात अधिकारीहरूले यसलाई “रोक्न सकिने“ दुर्घटना भनेका छन्, तर दुर्घटना अनुसन्धानकर्ताहरूले दुर्घटनाको वास्तविक कारण अझै नखुलेको बताएका छन् ।

न्यूयोर्क टाइम्सका अनुसार, संघीय विमान प्रशासन (एफएए) द्वारा गरिएको प्रारम्भिक अनुसन्धानले बुधबार साँझ रीगन नेसनल एयरपोर्टको नियन्त्रण टावरमा जनशक्ति अवस्था “त्यस बेलाको समयमा आवश्यक सामान्य स्तरको थिएन“ भन्ने देखाएको छ । वाशिंगटन डीसीलाई सेवा दिने तीन एयरपोर्टमध्ये एक रहेको यो एयरपोर्ट, अन्य धेरै अमेरिकी एयरपोर्टहरू जस्तै, आफ्नो नियन्त्रण टावरमा पर्याप्त जनशक्ति राख्न संघर्षरत छ ।

जनशक्ति अभावकै कारण एउटै नियन्त्रणकर्ताले विमानस्थलका आगमन र प्रस्थान दुवै व्यवस्थापन गर्नुका साथै हेलिकप्टर ट्राफिक पनि सम्हाल्नु परेको थियो, जुन काम सामान्यतः दुई जनाले मिलेर गर्ने गर्छन्, न्यूयोर्क टाइम्सले जनाएको छ ।