अमेरिकाको क्यालिफोर्निया राज्यको हर्कुलिस शहरका वर्तमान योजना आयुक्त डिल्ली भट्टराई नगर परिषदमा बिजयी भएका छन । उनि सन् २०२५ र २०२६ का लागि नगर परिषद सदस्य अर्थात काउन्सिल मेम्बर निर्वाचित भएका हुन । उनि २०२७ मा उपमेयर र २०२८ का लागि मेयरको रुपमा सेबारत रहने छन । काउन्सिल सदस्यमा निर्वाचित भएपछि क्रमश उनले चार बर्षे कार्यकालमध्ये सन् २०२५, २०२६ नगर परिषद सदस्य , २०२७ मा डेपुटी मेयर, र २०२८ का लागि मेयरको रुपमा सेबारत रहने गरि हर्कुलस शहरको सभाकक्षमा सपथ ग्रहण गरेका छन ।
भट्टराई डेमोक्र्याटिक पार्टीसंग आवद्ध छन । गत नोभेम्बर ५ का दिन अमेरिकी आमनिर्वाचनमा ४ जना उम्मेदवार मध्ये उनि दोश्रो स्थानमा पर्न सफल निर्वाचित भएका हुन । उनि क्यालिफोर्निया राज्यमा लामो समय देखि बस्दै आएका नेपाली मूलका सक्रिय र बिभिन्न संघ संस्थामा आबद्ध सामाजिक अभियन्ता हुन् ।