सन् २०२४ मा ३ लाख भन्दा बढी आप्रवासीहरू डारियन ग्याप पार गरी पनामामा प्रवेश गरको तथ्यांक सार्वजिनक भएको छ । तल्लोबाटो हुँदै अमेरिका जानेहरु यो बाटो प्रयोग गरेर मेक्सिको हुँदै अमेरिका पुग्ने हुन । पनामा आप्रवासन अधिकारीका अनुसार जुन संख्या एक वर्ष अघिको खतरनाक जङ्गल पार गर्ने रेकर्ड संख्याभन्दा ४२ प्रतिशत कम हो । खतरनाक डारियन ग्यापले कोलम्बियालाई पनामा नामक मध्यअमेरिकी देशसँग जोड्छ, र बढ्दो संख्यामा आप्रवासीहरू उत्तरतिर अमेरिका पुग्नको लागि यो यात्रा गर्ने गर्दछन ।
पनामाका राष्ट्रपति होसे राउल मुलिनोले गत जुलाईमा पदभार ग्रहण गरेपछि आप्रवासनमा कडा अडान लिएपछि त्यो देश हुँदै अमेरिका अउनेहरुको सख्यामा कमी आएको हो । पानमा सरकारले डारियनको केही भागमा काँडेदार तार लगाउने, जरिवाना लगाउने र संयुक्त राज्य अमेरिकाको लगानीमा सञ्चालित उडानमार्फत आप्रवासीहरूलाई देशनिकाला गर्ने उपाय अपनाएपछि अबैध आप्रवासी आउने क्रमश कमी आएको हो ।
पनामाको राष्ट्रिय आप्रवासन सेवाका अधिकारीहरूले रोयटर्सलाई दिएको तथ्यांक अनुसार २०२४ मा ३ लाख २ हजार आप्रवासीहरूले डारियन पार गरे, जुन २०२३ मा रेकर्ड ५ लाख २० हजार भन्दा ४२% कम हो । तथ्यांक अनुसार २०२४ मा ६९ प्रतिशत आप्रवासी भेनेजुएली थिए । धेरै भेनेजुएलीहरू एक समयको समृद्ध दक्षिण अमेरिकी तेल उत्पादन गर्ने राष्ट्रको दीर्घकालीन आर्थिक संकटबाट भागिरहेका छन् । जसका कारण देश छाड्ने लहर चलेको छ ।
मुलिनोले थपे कि उनकी सरकारले संयुक्त राज्य अमेरिकासँगको सम्झौता अन्तर्गत मिलाइएको उडानहरूद्वारा १ हजार ५४८ आप्रवासीहरूलाई देशनिकाला गरेको जनाएको छ । तर पनामा र भेनेजुएलाबीच जुलाईमा विवादित निर्वाचनपछि सीधा उडानहरू स्थगित भएपछि २ लाख ९ हजार भेनेजुएलीहरूले गत वर्ष डारियन पार गरेपछि आफ्नो यात्रा जारी राख्न अनुमति दिइएको छ । विश्लेषकहरूले पनामाका उपायहरू अन्ततः सफल नहुन सक्ने चेतावनी दिएका छन्, किनभने तिनीहरूले मानिसहरूलाई आप्रवासन गर्न बाध्य बनाउने मूल कारणहरू समाधान गर्दैनन् ।भेनेजुयलामा राजनीतिक संकट गहिरिएको छ ।