January 15, 2025, Wednesday
२०८१ माघ ३

कान्तिपुरकर्मी मातृका दाहाल अमेरिकी सरकारको “एन्टी करप्सन च्याम्पियन अवार्ड” बाट सम्मानित

२०८१ मंसिर २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

655

कान्तिपुरकर्मी मातृका दाहालले अमेरिकी सरकारले स्थापना गरेको भ्रष्टाचार विरुद्धको ´एन्टी करप्सन च्याम्पियन अवार्ड´ प्राप्त गरेका छन् ।

अमेरिकी विदेशमन्त्री एन्टोनी जे व्लिन्कनले पत्रकार दाहाललाई राजधानी वासिङ्टन डिसीस्थित स्थानीय समयअनुसार सोमबार दिउँसो विदेश मन्त्रालयमा आयोजित विशेष समारोहका बीच ´एन्टी करप्सन च्याम्पियन अवार्ड´(एसीसीए) प्रदान गरेका हुन् ।

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भइसकेपछि सन् २०२१ मा जो वाइडेन प्रशासनले विश्वभर च्रष्टाचार विरुद्धको अभियानलाई सशक्त पार्न र संसारभर सुशासन कायम गर्ने लक्ष्यका साथ विभिन्न पेसा व्यवसायमा रहेर उत्कृष्ट काम गर्नेलाई सम्मान गर्न यो अवार्ड विदेश मन्त्रालय मार्फत प्रदान गर्ने गरी स्थापना गरेका थिए ।

सोही अन्तर्गत सन् २०२४ का लागि अमेरिकी विदेश मन्त्रालयले कान्तिपुर दैनिकका पत्रकार दाहाललाई यो अवार्ड प्रदान गरेको हो ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान रचिएको अपराधसहित भ्रष्टाचारका समाचार सम्प्रेषण गरेका पत्रकार दाहालले भ्रष्टाचार विरुद्ध साहसिक काम गरेको अवार्डमा उल्लेख छ । दाहालसहित सन् २०२४ का लागि यो अवार्ड अन्य मुलुकका ९ जनालाई पनि प्रदान गरिएको छ ।