January 15, 2025, Wednesday
२०८१ माघ ३

क्यानडामा २०२५ मा आफ्नो अभिभावकलाई पिआर दिलाउन नपाउने

२०८१ पुष २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

360

तपाई आफ्नो अभिभावकलाई क्यानडा लगेर संगै राख्ने गरी ग्रीन कार्ड बनाईदिने तयारी गर्दै हुनुहुन्छ भने अब त्यो प्रक्रिया रोकिएको छ । क्यानडाले २०२५ मा अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम अन्तर्गत स्थायी बसोबासको लागि नयाँ आवेदन लिन रोकेको छ । क्यानडाको आप्रवासन, शरणार्थी र नागरिकता विभागले भनेको छ कि २०२४ मा पेश गरिएका परिवार प्रायोजन आवेदनहरू मात्र प्रक्रिया गरिनेछ अरु रोकिने जनाएको छ ।

२०२५ मा आप्रवासन, शरणार्थी र नागरिकता विभागले १५ हजार भन्दा बढी प्रायोजन आवेदन प्रक्रिया नगर्ने योजना बनाएको छ । सुपर भिसाको विकल्प क्यानडाका नागरिक र स्थायी बासिन्दाहरूले आफ्ना अभिभावक र हजुरआमा–हजुरबुबालाई लामो समयसम्म क्यानडामा बस्न चाहेको खण्डमा सुपर भिसाको विकल्प उपयोग गर्न सक्छन् ।

सुपर भिसाले एक पटकको बसाइका लागि पाँच वर्षसम्मको अनुमति दिन्छ । अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम के हो आम मानिसका लागि नयाँ हुन सक्दछ । यो कार्यक्रम क्यानडाका नागरिक र स्थायी बासिन्दाहरूलाई आफ्ना अभिभावक वा हजुरआमा–हजुरबुबालाई क्यानडामा स्थायी बसोबासको लागि प्रायोजन गर्न सक्षम बनाउने एक नयाँ नियम हो ।

यो कार्यक्रम लटरी प्रणालीमा आधारित छ । आवेदन दिने इच्छुक प्रायोजकहरूको सख्या उपलब्ध स्थानभन्दा धेरै भएकाले, आवेदन निमन्त्रणा लटरीमार्फत पठाइन्छ । २०२० देखि २०२४ सम्म, ले २०२० आप्रवासन, शरणार्थी र नागरिकता विभागको इन्टेक अवधि दौरान पेस गरिएका चासोका फारमहरूमा आधारित भएर निमन्त्रणा पठाउँदै आएको थियो ।

आप्रवासन, शरणार्थी र नागरिकता विभागले २०२५ का लागि स्थायी बासिन्दाको आप्रवासन लक्ष्यमा कटौती लक्ष्यलाई २० प्रतिशतले घटाएको छ । यसले अभिभावक र हजुरआमा–हजुरबुबा प्रायोजन कार्यक्रम अन्तर्गतका कोटामा प्रभाव पारेको छ ।

२०२५ का लागि २४ हजार ५०० विदेशी नागरिकहरूलाई स्थायी बसोबास प्रदान गर्ने लक्ष्य राखिएको छ । अघिल्लो लक्ष्यको तुलनामा यो निकै कमी हो । २०२३ मा सार्वजनिक गरिएको आप्रवासन स्तर योजनाले २०२४ का लागि ३२ हजार र २०२५ का लागि ३४ हजारको लक्ष्य निर्धारण गरेको थियो । यो लक्ष्यको तुलनामा नयाँ लक्ष्य उल्लेखनीय रूपमा कम भएको टाईम अफ ईण्डियाको समाचारमा उल्लेख गरिएको छ ।