भारतको प्रवर्तन निर्देशालय (ईडी)ले क्यानडाका दर्जनौं कलेज र मुम्बईका दुई संस्थाहरूमाथि मानव तस्करीको आरोप लगाएको छ । ईडीले मानव बेचबिखनसँग जोडिएको आशंकामा अनुसन्धान गरिरहेको जानकारी दिएको छ । यो सञ्जालले क्यानाडाबाट अमेरिकामा विद्यार्थीहरूलाई गैरकानुनी रूपमा आवतजावत गर्न सहयोग गरेको आरोप छ । ईडीले सम्पत्ति शुद्धीकरण र विदेशी मुद्रा कानूनको उल्लङ्घनको आरोपमा अनुसन्धान गरिरहेको भनेको छ । ईडीका अनुसार, एजेन्टहरूले विद्यार्थी भिसामा भारतीयहरूलाई क्यानाडाका कलेजहरूमा भर्ना गराएर अमेरिका पुर्याउने गरेको बताइएको छ ।
क्लेजको लागि भन्दै क्यानाडा पुगेपछि, उनीहरू कलेजमा जानुको सट्टा अवैध रूपमा अमेरिका प्रवेश गर्ने गरेको आरोप लगाइएको छ । एक सय १२ कलेजहरूले एक संस्थासँग र एक सय ५० भन्दा बढी कलेजहरूले अर्को संस्थासँग सम्झौता गरेर मानव तस्करी गर्दै आएका थिए। क्यनडाबाट अमेरिका जाँदा भारतीय विधार्थीले प्रतिव्यक्ति ६० देखि ७० हजार डलर लिने गरेको बताइएको छ । पछिल्लो ३ हप्तामा क्यानडामा ३ भारतीय विधाथीको हत्या भएको छ । जसका कारण क्यानडामा पछिल्लो दिनमा भारतीय विधार्थीमाथी घृणा बढेर गएको देखाएको छ । एकातिर क्यानडा र भारतबीच केहि कुटनीतिक समस्याहरु बढेर गएका छन भने विधार्थी र मानव तस्करीले क्यानडामा भारतीयहरुको ठुलो सख्या ओगटेको छ ।
ईडीले मुम्बई, नागपुर, गान्धीनगर र वडोदरामा खोजी गरी ठूलो मानव तस्करी नेटवर्कको पर्दाफास गर्यो, जसमा मुम्बई र नागपुरका दुई एजेन्टले वार्षिक ३५ हजार अवैध आप्रवासीहरूलाई विदेश पठाउँथे । यो नेटवर्कले गुजरातमा एक हजार सात सय र भारतभर तीन हजार पाँच सय एजेन्टहरू परिचालन गरेको थियो, जसमध्ये ८०० भन्दा बढी अझै सक्रिय रहेको बताइएको छ । अमेरिकामा अनधिकृत रूपमा प्रवेश गर्ने भारतीय आप्रवासीहरूको संख्या पनि उल्लेखनीय छ। संयुक्त राज्य अमेरिकी सीमा सुरक्षाका अनुसार, भारतीय आप्रवासीहरूको सीमा वा एयरपोर्टमा अनियमित रूपमा आगमन गर्ने घटनाहरू सन् २०२३ को आर्थिक वर्षमा उच्चतम स्तरमा पुगेको थियो । लगभग ९७ हजार भारतीयहरु मेक्सिकोको सीमाबाट अमेरिका गएका हुन । जबकि अधिकांश आप्रवासी घटनाहरू सामान्यत संयुक्त राज्य अमेरिकाको मेक्सिको सीमामा हुने गर्दछन्, सन् २०२४ को आर्थिक वर्षमा लगभग ४४ हजार भारतीय नागरिकहरू अमेरिकाको क्यानडा सीमाबाट अमेरिका छिरेका थिए । प्राय ती भारतीयहरु क्यानडामा कलेज पढ्न आएर दलालले अमेरिका पुर्याएको खुलासा भएको हो ।
स्मरणीय रहोस की भारतीयहरु क्यानडाबाट प्रतिघण्टा ४ जानका दरले अमेरिका पसेको रिपोर्ट सार्वजनिक भएको थियो ।