क्यालिफोर्नियाको एक संघीय न्यायाधीशले अमेरिकी संघीय कर्मचारी संघद्वारा दायर गरिएको मुद्दामा संघीय निकायहरूमा निष्कासित हजारौं परीक्षात्मक कर्मचारीहरूलाई पुनः बहाल गर्न प्रारंिभक आदेश जारी गरेका छन् । क्यालिफोर्नियाको उत्तरी जिल्ला लागि अमेरिकी जिल्ला अदालतका न्यायाधीश विलियम एच अल्सपद्वारा दिइएको यो निर्णय रक्षा विभाग, पूर्व सैनिक मामिला विभाग, कृषि विभाग, ऊर्जा विभाग, आन्तरिक विभाग, र कोष विभागका निष्कासित परिक्षणकालमा रहेका कर्मचारीहरूमा लागू हुनेछ ।
कम्तीमा ३०,००० संघीय कर्मचारीहरूलाई सरकारी दक्षता विभागको संघीय कार्यबल तथा सरकारी खर्च कटौती गर्ने प्रयासअन्तर्गत निष्कासन गरिएको थियो । धेरै कर्मचारीहरूलाई कमजोर प्रदर्शनको कारण देखाउँदै निष्कासन गरिएको थियो, यद्यपि श्रमिकहरूले सकारात्मक कार्य मूल्याङ्कनलाई आधार बनाई यो दाबी विवादित भएको भन्दै न्यायधिषले कार्यन्वयन नगर्न भन्दै आदेश दिएको हो । न्यायाधीश अल्सपले निष्कासित कर्मचारीहरूको काम गर्ने क्षमता कमजोर रहेको भन्ने कुरा “झूट“ भएको आदेशको क्रममा बताएका छन् ।
“हाम्रो सरकारले कुनै राम्रो कर्मचारीलाई निष्कासन गरी प्रदर्शनको आधारमा गरिएको दाबी गरोस्, जबकि तिनीहरूलाई राम्रोसँग थाहा छ कि यो झूट हो—यो एक दुःखद दिन हो,“ अल्सपले बिहीबार अदालतमा भनेका छन । न्यायाधीशले कर्मचारी व्यवस्थापन कार्यालयलाई संघीय निकायहरूमा कुन कर्मचारीलाई निष्कासन गर्ने भन्ने बारे कुनै निर्देशन दिन निषेध गरेका छन् । उनले प्रमाण संकलनको अनुमति दिँदै निष्कासित कर्मचारीहरूले आफ्नो निष्कासनको पुनरावलोकनका लागि प्रशासनिक प्रक्रिया उपलब्ध छ वा अपिल बोर्ड र विशेष सल्लाहकार कार्यालयमा भएका निष्कासनहरूका कारण नष्ट भएको छ भन्ने विषयमा थप विवरण माग गरेका छन् ।
न्यायाधीश अल्सपको आदेशबाट अवैधानिक रूपमा निष्कासन गरिएका दशौं हजार परीक्षात्मक संघीय कर्मचारीहरूलाई तुरुन्त पुनः बहाल भएका छन । यो प्रशासन संघीय निकायहरूलाई कमजोर पार्न र अमेरिकी जनताको सेवामा बाधा पु¥याउन कटिबद्ध थियो,“ संघका राष्ट्रिय अध्यक्ष एभरट केलीले एक विज्ञप्तिमा बताएका छन ।
न्यायाधीशको आदेश आउनुअघि, अमेरिकी न्याय विभागले कर्मचारी व्यवस्थापन कार्यालयका कार्यवाहक प्रमुख चाल्र्स इजेललाई अदालतमा निष्कासनसम्बन्धी साक्षी दिन उपस्थित गराउने अनुरोध अस्वीकार गरेको थियो ।