झण्डै एक दशक पहिले नेपालमा गएको महाभुकम्पको कारण नेपालले पाएको टिपिएसको लागि २०२५ को मार्च ९ सम्मका लागि थपिएको छ । डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले नेपालीको टीपीएस प्रिरजिष्ट्रेशन अवधि २०२५ जुन २४ सम्म थपेको जनाएको छ । युएससीआईएसले नेपाली लगायतका अन्य देशहरु एल साल्भाडोर, होन्डुरस, निकारागुआ र सुडानको टीपीएसवाहकको वर्क परमिटको म्याद पनि मार्च ९ सम्म थप गरिएको जनाइएको छ ।
टीपीएसका लागि योग्य व्यक्तिहले वर्क परमिटको म्याद थपिएको सुनिश्चित गर्ने सुचना युएससीआईएसबाट नै पाउने छन । थपिएको म्यादको लागि प्रिरजिष्ट्रेशन नगरेका टीपीएसवाहकलाई फर्म ८२१ भर्नुपर्ने छ ।