२०१९ मा राष्ट्रपति डोनाल्ड ट्रम्पद्धारा नियूक्त न्यायाधीश कार्ल निकोल्सले अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसएआईडीलाई खारेज गर्ने ट्रम्प प्रशासनको निर्णलाई खारेज गरिदिएका छन । न्यायधिष कार्ल वाशिङ्टन डीसीस्थित अमेरिकी जिल्ला अदालतका लागि नियुक्त गरेका थिए । न्यायधिष निकोल्सले अमेरिकी विदेशमन्त्रि मार्को रुबियोलाई २२ सय यूएसएआइडीका कर्मचारीलाई आज मध्यरातदेखि बिदामा राख्ने निर्णय कार्यान्वयन गर्नबाट रोक्ने आदेश दिएका छन ।
“यी २,२०० जनालाई प्रशासनिक बिदामा राख्नु हुँदैन,“ निकोल्सले शुक्रबारको आपतकालीन सुनुवाइका क्रममा भने । साथै, उनले पहिल्यै बिदामा पठाइएका ५०० कर्मचारीलाई पुनः बहाल गर्ने आदेश दिन सक्ने बताएका छन्, यद्यपि उनले अझै सो निर्णयबारे विचार गरिरहेका छन् । न्यायाधीश निकोल्सले आफ्नो निर्णय आज राति औपचारिक रूपमा जारी गर्ने बताएका छन् ।
संघीय र विदेश सेवा कर्मचारीहरूको प्रतिनिधित्व गर्ने दुई यूनियनहरूले सरकारविरुद्ध मुद्दा दायर गरेका थिए । उनीहरूले सहायता एजेन्सी विघटन गर्ने कदमलाई “असंवैधानिक र गैरकानुनी“ भनेका छन् र यसले “विश्वव्यापी मानवीय संकट“ सिर्जना गरेको दाबी गरेका छन् । उनीहरूको तर्क छ कि यूएसएआइडी विघटन गर्ने वैधानिक अधिकार केवल अमेरिकी कंग्रेसलाई मात्र छ ।
बिहीबार विदेश सहायता एजेन्सीका कर्मचारीहरूलाई पठाइएको सूचनामा प्रशासनले यूएसएआईडीमा १० हजार भन्दा बढी कर्मचारीहरूमध्ये ६११ आवश्यक कर्मचारीलाई मात्र काममा राख्ने जनाएको छ । यो निर्णय मुख्य रूपमा एलन मस्कद्वारा निर्देशित छ, जो संघीय प्रशासनलाई संकुचित गर्ने राष्ट्रपति ट्रम्पको प्रयासको अगुवाइ गरिरहेका छन् । जसका कारण पछिल्ला दिनहरुमा रिपव्लिकनहरुद्धार एलन मक्सलाई मत नहाले भन्दै बिरोधमा उत्रिएका छन । यो निर्णयले ट्रम्पको अमेरिकी सहयोग घटाउने वा अनुदान नदिने नीतिमा व्यापक प्रभाव पर्ने निश्चित छ ।