ब्राजिलले साओ पाउलोको ग्वारुलहोस एयरपोर्टमा रहेका विभिन्न देशका ३२ जना आप्रवासीहरूलाई जबरजस्ती फिर्ता नपठाउने अधिकारको ग्यारेन्टी गरेको रोयटर्सले समाचार छापेको छ । ब्राजिलको अदालतमा परेको एक मुद्दामा अदालतको फैसला अनुसार प्रारम्भिक निर्णयहरूले आप्रवासीहरूलाई जबरजस्ती स्वदेश फिर्ता नगर्न र ब्राजिलमा शरण अनुरोध गर्ने कानुनी अधिकार दिनको लागि संघीय सार्वजनिक रक्षकको कार्यालयले दायर गरेको बन्दी कोष अनुरोधहरूको जवाफमा त्यस्तो आदेश दिइएको जानइएको छ ।
त्यसरी जवरजस्ती फिर्ता नर्गनका लागि भनिएको सो समुहमा नेपाल, इरिट्रिया, घाना, क्यामरुन, भियतनाम, जिम्बाब्वेका आप्रवासी र नक्कली राहदानी बोकेर ब्राजिल प्रवेश गरेका १६ वर्षीय सोमाली किशोर रहेको समाचारमा उल्लेख छ । त्यहाँ भएका कति जना नेपालीले त्यस आदेशबाट लाभान्वित भए एकिन छैन । त्यसबेला जतिबेला एयरपोर्टमा अलपत्र परिएका भनिएका १ सय ७७ थिए । उनिहरु यो आदेशबाट ब्रजिलमा बस्छन की फर्किन्छन त्यो समाचार प्रप्त हुन सकेन । यस विषयमा ब्राजिलस्थित नेपाली दुतावाससंग सम्पर्क गर्दा केहि जानकारी नभएको बताए ।
ब्राजिलमा भएका एक अर्का नेपालीका अनुसार उनिहरु कोही पनि नेपाल फर्केका छैनन भने संभवत ब्राजिलबाट आफ्नो गन्तव्यका लागि हिडेको हुनसक्ने अनुमान छ । नयाँ नियक लागु भएपछि भने ब्राजिलमा भिषा विनामा आप्रवासीहरु आउने क्रम रोकिएको जनाइएको छ ।
अदालतको आदेशबाट लाभान्वित हुने सबै आप्रवासीहरू अगस्ट २६ पछि (ब्राजिल) देशमा आइपुगे, जब ब्राजिलको सरकारले भिसा बिनाका मानिसहरूका लागि प्रवेश अनुमतिलाई कडा बनाउन नयाँ नियम लागू भयो। त्यसयता, न्याय र सार्वजनिक सुरक्षा मन्त्रालयले ब्राजिल प्रवेश गर्न भिसा नभएका र अन्तिम गन्तव्य अर्को देश भएका ट्रान्जिट यात्रुहरूले या त आफ्नो यात्रा जारी राख्नुपर्नेछ वा आफ्नो मूल स्थानमा फर्कनु पर्ने बताएको छ। सरकार र संघीय प्रहरीका अनुसार यस पहलको उद्देश्य भनेको आपराधिक मानव बेचबिखन संगठनहरू, विशेष गरी एशियाबाट हुने रुटको रूपमा ब्राजिलको प्रयोगलाई अन्त्य गर्ने वा कम गर्ने हो, संघीय अनुसन्धानले पहिले नै औंल्याइसकेको छ।
Update
ब्राजिलको साउपाउलोस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अलपत्र पर्ने नेपालीको सख्या दिनहुँ बढी रहेको छ । एक सय जना रहेको नेपालीको सख्या १ सय ७६ पुगेको ब्राजिलस्थित नेपाली दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । ब्राजिलस्थित नेपाली दूतावासका अनुसार साउपाउलो विमानस्थलको ट्रान्जिटमा तेस्रो मुलुक जान खोज्ने नेपाली सहित करिब ६ सय ६६ जान विदेशीहरु अलपत्र छन् । दुतावासले मंगलवार एक विज्ञप्ति जारी गर्दै सबै नेपाली नागरिकहरु सकुशल रहेको र आवश्यक अनुसार उनीहरुलाई मानवीय सहायता पुराउने तयारी दूतावासको रहेको जनाएको छ । एक जना बिरामी नेपालीको उपचार भईरहेको राजदुत निर्मलराज काफ्लेले खबरमालाई बताएका छन । अन्यको अवस्था सामान्य रहेको नेपाली दुतावासद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।