January 15, 2025, Wednesday
२०८१ माघ ३

भाषा नजानेको भन्दै जापानको ओशाकाबाट नेपाली विधार्थी डिर्पोट

२०८१ पुष ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

455

 

एक जना नेपाली विधार्थी जापान आएको ७ महिनामा कलेजले भाषा नजानेको कारण फिर्ता पठाएको समाचार छ । कलेजले पटक पटक लिएको परिक्षामा फेल भएपछि फिर्ता पाठाएको बताइएको छ । जापानका उनका निकट रविन ओझाका अनुसार ति महिलाले जापान जानका लागि संलग्न कागजातमा एन ४ पास गरेको सर्टिफिकेट संलग्न रहेको थियो । तर ती महिलाले एन ५ पनि नजान्ने र हिरागाना कातागान पनि नजानेको कारण कलेजले फेक डकुमेन्ट संलग्न गरेको कारण देखाएर विधार्थी नेपाल फर्काएको बताइएको छ । ओझाका अनुसार आएको सात महिनामा कलेजले लिएको विभिन्न तहको परिक्षामा फेल भएको तर जापान जाने बेला संलग्न कागजात भने एन ४ तहको परिक्षा पास गरेको देखिएपछि सामान्य भाषा नजान्नेले एन ४ पास गर्न सक्दैन भन्ने आधारमा फिर्ता पठाएको बताईन्छ ।

नाम गोप्य राखिएको ति महिलाको सन् भिषा २०२६ सम्मको हुँदा हुँदै पनि नक्कली डकुमेन्ट बनाएको आरोपमा फिर्ता पठाइएको हो ।नेपालको कन्सल्टेन्टले विधार्थीले पढ्दै नपढेको लेवलको एन ४ पास नगरेको बताउँदै आफुलाई त्यो डकुमेन्ट संलग्न छ भन्ने पनि थाहा नभएको बताइएको छ ।  भिषा सजिलै पाउनका लागि कन्सल्टेन्सीले पढ्दै नपढेको लेबलको सर्टिफिकेट संलग्न गराएकाले दुर्घटना भएकोले आगामी दिनमा सर्तकता अपनाउन जरुरी छ । विधार्थीको अनुमति विना नै त्यस्ता खाले फेक डकुमेन्ट बनाउने कन्सल्टेन्सीलाई पनि नेपाल सरकारले कारबाहीको भागीदार बनाउन जरुरी छ । यस अघि जापानबाट झगडा गरेको , फेक डकुमेन्ट संगल्न गरेको नाममा थुप्रै नेपाली विधार्थी डिर्पोट भएका छन । जापानको ५५ हजार भन्दा बढी विभिन्न तहका नेपाली विधार्थीहरु अध्ययनरत रहेको बताईन्छ ।  सामान्यतय जापानमा नेपाली विधार्थीहरु ओभरस्टे, आपराधिका कार्यमा संलग्न हुँदा, कलेज पास गर्न नसक्दा, र गैरकानुनी काम गरेको कारण बषेनी डिर्पोट हुनेहरुको संख्या बढ्दै गएको छ ।