राष्ट्रपति पद सम्हालेलगत्तै ट्रम्प प्रशासनले संघीय आप्रवासन अधिकारीहरूलाई चर्च र विद्यालयजस्ता संवेदनशिल स्थानहरूमा गिरफ्तार गर्न वा छापा मार्न अनुमति दिएको छ । कार्यवाहक गृह सुरक्षा सचिव बेन्जामिन हफम्यानले एक विज्ञप्तिमा दुई पुराना निर्देशनहरूको अन्त्यको घोषणा गर्दै एजेन्टहरूलाई थप अधिकार प्रदान गरिएको र आप्रवासीहरूको लागि कानूनी बाटो हटाइएको जानकारी दिएका छन । ट्रम्पले आफुले कार्यभार सम्हाल्नुपुर्व नै सिकागोबाट अबैध आप्रवासीको काम गर्ने क्षेत्रहरुमा छापा मार्न लगाएका थिए । त्यो टोली अबैध आप्रवासीलाई लक्षित गर्दै यसैहप्ताबाट न्यूयोर्कमा सक्रिय गराईने बताइएको छ ।
ट्रम्प प्रशासनले नियूक्त गरेका टम हफम्यानको विज्ञप्तिमा भनिएको छ, “अपराधीहरू अब अमेरिकाका विद्यालय र चर्चहरूमा लुकेर गिरफ्तारीबाट बच्न सक्ने छैनन । ट्रम्प प्रशासनले हाम्रा बहादुर कानून प्रवर्तनको हात बाँध्ने छैन, बरु उनीहरूको सामान्य ज्ञानमा विश्वास गर्दछ ।” यो निर्णयले ट्रम्प प्रशासन र बाइडेन प्रशासनको आप्रवासन नीतिमा स्पष्ट फरक देखाउँछ ।
२०११ मा आप्रवासन र सीमा शुल्क प्रवर्तनले एजेन्टहरूलाई संवेदनशील स्थानहरू, जस्तै विद्यालय, अस्पताल, र पूजा स्थलहरूमा गिरफ्तारी नगर्न निर्देशन दिएको थियो । बाइडेन प्रशासनले पनि यस्तै मार्गनिर्देशन जारी गरेको थियो । तर, ट्रम्प प्रशासनको नयाँ नीतिले आप्रवासी समुदायमा डर बढाउने र बालबालिकाहरूलाई विद्यालय जान वा मानिसहरूलाई अस्पतालमा उपचार खोज्न रोक्न सक्ने आप्रवासी वकालतकर्ताहरूले चिन्ता व्यक्त गरेका छन् ।
दोस्रो निर्देशनले यस्ता त्यस्ता स्थानमा शरण लिन बन्द गर्ने योजना बनाएको छ, जसले केही आप्रवासीहरूलाई अस्थायी रूपमा अमेरिका बस्न र काम गर्न अनुमति दिएको थियो । ट्रम्प प्रशासनले आरोप लगाएको छ कि बाइडेन प्रशासनले यो कार्यक्रमलाई दुरुपयोग गर्दै विभिन्न नागरिकताहरूलाई अनुचित रूपमा अनुमति दिएको थियो ।
विज्ञप्तिमा भनिएको छ, “बाइडेन–ह्यारिस प्रशासनले मानवीय कार्यक्रमको दुरुपयोग गर्दै १.५ मिलियन आप्रवासीहरूलाई हाम्रो देशमा प्रवेश गर्न अनुमति दियो । ट्रम्प प्रशासनले यसलाई पहिलो दिनमै रोक्यो । यो कार्यले मानवीय कार्यक्रमलाई यसको मूल उद्देश्यतर्फ फर्काउनेछ, जसमा आप्रवासीहरूलाई व्यक्तिगत आधारमा हेर्ने गरिन्छ ।” यो निर्णयले आप्रवासन नीतिमा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ, तर यसले प्रवासीहरू र आप्रवासी समुदायहरूमाथि गम्भीर प्रभाव पार्न सक्ने चिन्ता वकालतकर्ताहरूले व्यक्त गरेका छन् ।
उता कोलोराडो राज्यको कानूनले संघीय आप्रवासन अधिकारीहरूको साथ स्थानीय र राज्य कानून प्रवर्तनलाई सहयोग गर्न प्रतिबन्ध लगाएको छ, जसमा आप्रवासीहरूको गिरफ्तारी, थुनामा राख्नु, वा व्यक्तिगत जानकारी सङ्कलन गर्ने प्रयासहरू पर्छन्। यद्यपि, राज्यका विभिन्न नगरपालिकाहरूमा आप्रवासन प्रवर्तनको बारेमा फरक दृष्टिकोण रहेको छ । यस्ता राज्य नै पच्छिे फरक नियमले ट्रम्प प्रशासनलाई त्यति सजिलो भने छैन ।