May 15, 2025, Thursday
२०८२ जेष्ठ २

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य थापा अमेरिकामा पक्राउ

२०८१ फाल्गुन १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.3K

 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य मोहन थापा अमेरिकामा पक्राउ परेको समाचार छ । लामो समय नेपाल बसेर अमेरिका फर्केका थापालाई अमेरिकी आप्रवासन तथा भन्सार प्रर्वतन आईसद्धारा पक्राउ गरिएको बताइएको छ । के कारण पक्राउ परेका हुन खुल्न सकेको छैन । समाचार श्रोतका अनुसार एक हप्ता अघि अमेरिका आउँदा पेन्सेलभेनियाको फिलाडेल्फिया एयरपोर्टबाट पक्राउ परेको अमेरिकाबाट प्रकासित समाज टाईमस् अनलाईनले जनाएको छ । थापा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य तथा सभापति रवि लामीछानेका विश्वास पात्रसमेत हुन । उनि यस अघि पनि अमेरिकामा एक पटक जेल परेको उनका निकटस्थहरु बताउछन । हाल उनि पेन्सिलभेनिया स्थित जेलमा रहेको बताइएको छ ।

राष्ट्रपति ट्रम्प प्रशासन सुरु भइसकेपछि विगतको अपराधको रेकर्ड भएका ग्रिनकार्डवाहकलाई समेत अमेरिकाबाहिर यात्रा गरेर फर्कने क्रममा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राख्ने क्रम तीब्र पारेको छ । त्यहि प्रक्रिया अन्र्तगत थापालाई पनि विगतको अपराधको रेकर्डको आधारमा सीबीपीले नियन्त्रणमा लिएर देशनिकालाको प्रकृयामा राखेको बताइएको छ । हालै अमेरिकी संसदबाट पारित भइसकेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पले हस्ताक्षर गरेको एउटा बिलले पनि अपराधहरूमा दोषी ठहरिएका गैर नागरिकहरू देशनिकालाको अधीनमा रहने थप व्यवस्था गरेको थियो । मोहन थापाविरुद्ध क्रेडिटकार्ड ठगी लगायतका अन्य कैयन मुद्दाहरु पनि मेरिल्याण्डका अदालतमा रहेको बताईन्छ ।