April 23, 2025, Wednesday
२०८२ बैशाख ११

विपिन जोशीको ठेगान छैन फेरी २ हजार कामदार ईजरायल पठाउँदै सरकार

२०८१ श्रावण ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

980

 

इजरायल–प्यालेस्टाइन द्वन्द्वमा हराएका नेपाली नागरिक विपिन जोशी अहिलेको कुनै अत्तोपत्तो लागेको छैन, सयौ व्यक्ति सोही द्धन्द्धको कारण नेपाल सरकारले उद्दार गर्यो तर सरका भने फेरी त्यहि द्वन्द्वग्रस्त मुलुक इजरायलमा २ हजार संख्यामा केयर गिभर श्रमिक पठाइने तयारी गरिरहेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारी र नेपालस्थित इजरायली राजदूत हनान गोडर गोल्डबर्गरबीच भएको भेटवार्तामा नेपाली केयर गिभरहरूको संख्या बढाउने सहमति भएको हो । स्मरणीय कुरा के छ भने आफ्नागरिकको खोजी गर्न दुनियाभर हात फैलाउँदै हिड्ने अनि त्यहि देशमा फेरी कामदार पठाउन कसरी सकिन्छ । असारमा इजरायलमा दीर्घकालीन स्याहार केन्द्रमा काम गर्न सहायक कामदार केयरगिभर लागि ८ सय जनाको आवेदन खोलेको थियो ।

अब यो संख्या ८०० बाट बढाएर २ हजार पुर्‍याउन सकिने गरी सहमति भएको श्रम मन्त्रालयले जनाएको छ । जसमा एक हजारलाई मुख्य र बाँकी एक हजारलाई वैकल्पिक उम्मेदवारका लागि कोटा छुट्टाइएको छ । यता, द्वन्द्वग्रस्त मुलुक इजरायलमा नागरिक पठाउन लागिएको भन्दै आलोचना भइरहेको छ ।