February 8, 2025, Saturday
२०८१ माघ २६

विश्वभरका यूएसआईडी कर्मचारी अमेरिका फिर्ता, सबै कार्यक्रम बन्द !

२०८१ माघ २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

320

ट्रम्प प्रशासनले अमेरिकी सकारको खर्च कटौति गर्ने नाममा मंगलबारबाट अमेरिकी अन्तर्राष्ट्रिय विकास एजेन्सी यूएसआईडीका लगभग सबै कर्मचारीलाई विश्वभरबाट फिर्ता बोलाएको छ । यसको मतलव अब यूएसआईडीको सबै काम बन्द गरिनेछ । जसले अमेरिकाको सुरक्षा सुदृढ गर्न, भोकमरी विरुद्ध लड्न, शिक्षा वित्तीयन गर्न र महामारी अन्त्य गर्न गरिएको छ दशक लामो मिसनलाई लगभग समाप्त गर्नेछ ।
प्रशासनले यूएसआईडीका कर्मचारीहरूलाई इमेल र अनलाइन सूचनामार्फत जानकारी गराउँदै सबैलाई फिता बोलाएको हो । यो निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालका राजनीतिक नियुक्ति भएका व्यक्तिहरू र अर्बपति एलन मस्कका सरकार–दक्षता टोलीद्वारा गरिएको छ, जसले विदेशमा हुने अधिकांश खर्चलाई अनावश्यक ठानेका छन ।

आदेश शुक्रबार मध्यरात अघि लागू हुनेछ, जसअनुसार विदेशस्थित एजेन्सीका प्रत्यक्ष नियुक्त कर्मचारीहरू—जो यस घोषणाको अपेक्षामा घरबार बाँध्न हतारिएका थिए—यदि अनिवार्य भनेर तोकिएनन् भने ३० दिनभित्र फर्किनुपर्नेछ । आवश्यक नभएका ठानिएका ठेक्का कर्मचारीहरूलाई पनि कामबाट हटाइने सूचनामा उल्लेख छ ।
रिपब्लिकन राष्ट्रपति ट्रम्पले विदेशी सहायता रोक्ने व्यापक प्रतिबन्ध लगाएपछि हजारौं यूएसआईडी कर्मचारीहरू पहिले नै जागिरबाट निकालिएका थिए र संसारभरका कार्यक्रमहरू बन्द गरिएको थियो । डेमोक्र्याट सांसदहरूको विरोधका बावजुद नयाँ प्रशासन र एलन मस्कको बजेट कटौती गर्ने सरकारी दक्षता विभागले संघीय सरकार सानो बनाउने प्रयासस्वरूप यूएसआईडीलाई विशेष निशाना बनाएको छ ।

उनीहरूले खर्च रोक्ने आदेश दिएका छन्, जसले अमेरिकी अनुदानमा सञ्चालित सहायता तथा विकास कार्यहरू ठप्प पारेको छ । वरिष्ठ नेतृत्व र कर्मचारीहरूलाई निलम्बन र बर्खास्ती मार्फत हटाइएको छ भने सोमबार, वाशिंगटनस्थित मुख्यालय कर्मचारीहरूको कम्प्यूटर सर्भिस पहुँचबाहिर राखिएको छ । यस बन्द कार्यक्रमबाट नेपालमा पनि बार्षिक अर्बौ डलरको कार्यक्रम बन्द भएका छन ।