विश्वभरी शान्ति प्रक्रिया खलबलिंदा अघिल्लो वर्ष विश्वभर विश्वले २० खर्ब डलर क्षति व्यहोरेको संयुक्त राष्ट्रसंघले जानएको छ । विश्वभर भईरहेको लडाईमा भएको क्षति र विश्वभर सैन्य क्षेत्रमा लगानी बढ्दा शान्ति स्थापनामा लगानी घटिरहेको र क्षति बढी रहेको उल्लेख छ । महासचिव एन्टोनियो गुटेरेसले बुधबारको सुरक्षा परिषद बैठकमा प्रस्तुत गरेको ‘शान्ति स्थापनाको नयाँ एजेण्डा’ माथिको छलफलमा भाग लिने क्रममा संयुक्त राष्ट्रसंघको शान्ति स्थापना सहयोग सम्बन्धी उपमहासचिव एलिजाबेथ स्पीहारले सो जानकारी दिएकी हुन् ।
राष्ट्रसंघले विभिन्न क्षेत्रमा द्धन्द्धको बर्गीकरण गर्दै विश्वभर एक तिहाई मुलुकमा विभिन्न किसिमको हिंसाले स्थान पाई रहेको उल्लेख गर्दै द्धन्द्ध बढ्दा खर्च पनि बढी रहेको उल्लेख छ । विश्वभरी भईरहेको द्धन्द्धले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कोषमार्फत् समुदायका महिला मध्यस्थकर्तालाई बलियो बनाउने कार्यक्रममा सहयोग गरिएको छ । यस अन्तर्गत टकराव रोकथाम र सामुदायिक स्तरमा शान्ति स्थापनामा मद्दत गरिएको छ । यही कारण शान्तिको नयाँ एजेण्डाले सतत विकासका लागि २०३० कार्यान्वयनमा तीव्रता ल्याउन र असमानता, उपेक्षा एवम् बहिस्कारबाट पार पाउन आह्वान गरेको छ ।
उनले विश्वभर सैन्य खर्च बढिरहेको र शान्ति स्थापनाका लागि लगानी घटिरहेको भन्दै चिन्ता व्यक्त गरिन् । उनका अनुसार गत वर्ष आर्थिक सहयोग र विकास संगठन देशको अनुपात १० प्रतिशत थियो जुन विगत १५ वर्षयताको रेकर्डमा दर्ज सबैभन्दा कम हो । उपमहासचिव एलिजावेथले भनिन्, ‘अध्ययन अनुसार यही अवधिमा गत वर्ष नै हिंसाबाट विश्वलाई करिब २० खर्ब डलर क्षति भयो, जुन विश्वको सकल घरेलु उत्पादनको १३ दशमलव ५ प्रतिशत हिस्सा हो । यो अवस्थामा संयुक्त राष्ट्र संघ, विश्व बैंक, क्षेत्रीय विकास बैंक र सबै अन्तर्राष्ट्रिय वित्तीय संस्थानहरुबीच अझै बढी साझेदारी गर्न आवश्यक रहेकोमा उनले जोड दिएकी छन् ।