May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिकामा आन्दोलन गर्ने अन्तराष्ट्र्रिय विधार्थीलाई भिषा रद्द गर्ने विदेश मन्त्रालयको तयारी

२०८१ फाल्गुन २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

965

 

अमेरिकी विदशेमन्त्री मार्क रुवियोले अमेरिकी भुमिमा प्रदर्शन गर्ने अन्तर्राष्ट्रिय विधार्थीलाई कानुन बमोजिम भिषा रिभोक गरी देश निकाला गर्ने चेतावनी दिएका छन । पछिल्लो समय हमास समर्थकले कहि राज्यहरुको विश्वविधालयमा प्रर्दशन गरेपछि विदेशमन्त्रि रुवियोले अमेरिकी भुमिमा अमेरिकी नीति विपरित पर्दशन गर्ने वा समर्थन गर्ने अन्राष्ट्र्रिय विधार्थीहरुलाई भिषा रद्द गरी डिर्पोट गर्ने तयारी भई रहेको बताएका छन । सन १९५२ को आप्रवासन ऐनले विदेश मन्त्रालयले खतरा ठानेको आप्रवासनसम्बन्धी विषयमा त्यस्ता विदेशी विधार्थीको पहिचान गरी भिषा रद्द गरेर फिर्ता गर्न सक्ने कानुनी अधिकार प्रदान गरेको छ ।

जसले गर्दा यस्तो अवस्थामा आन्दोलन वा प्रर्दशनमा सहभागी भए वा समर्थन गरेको कुनै शोसल मिडियामा प्रमाण भेटिए पनि डिर्पोट हुन सक्ने भएकाले नेपाली विधार्थीहरुले पनि यस विषयमा सजक रहनुपर्ने देखिन्छ ।ट्रम्प प्रशासनले हमास सर्मथक विधार्थीहरुले प्रदर्शन बढाउँदै लगेकोले अहिले आन्दोलनमा सहभागी हुनेहरुको सुचि बनाएर डिर्पोट गर्ने प्रक्रिया थाल्ने तयारी भईरहेको समाचार माध्यमहरुले जनाएको छ । साथै अघिल्लो बाईडन प्रशासनको बेला आन्दोलन गर्ने रेकर्डमा रहेकाहरु पनि खोजी गर्ने र आवश्यक कारबाही गर्ने तयारी थालेको बताइएको छ ।