May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिकामा आर्थिक मन्दि र मुल्य बृद्धि एकसाथ, ट्रम्पले १ ट्रिलियन खर्च कटौति गर्ने

२०८१ फाल्गुन ८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

940

अमेरिकाको सत्ता सम्हालेको ४८ घण्टाभित्र महंगी घटाउने बाचा गरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा आर्थिक मन्दि आउने बताउँदै त्यसको दोष आफु नलिने भन्दै पुर्वराष्ट्रपतिको नेतृत्वको सरकारलाई दिएका छन । ट्रम्पले मुद्रास्फीति वृद्धिबाट आफूलाई अलग राख्न खोजिरहेका छन्, उनले यो वृद्धिले आफ्नो ओभल अफिसमा फर्किनु संग कुनै सम्बन्ध नभएको तर्क गर्दै पूर्वराष्ट्रपति बाइडेनलाई दोष दिँदै एक अन्तर्वार्तामा अघिल्लो प्रशासनको समयमा भएको अनियन्त्रित खर्चलाईदोष दिएका हुन ।
आर्थिक मन्दि आउनुमा मनपरी खर्च गरेर ९ ट्रिलियन डलर बाँडेपछि यो स्थिति आएको बताएका छन । त्यसमा उनले विदेशी सहयोगमा जोड दिएका हुन । बाइडेन प्रशासनकोे चार वर्षे कार्यकालमा पारित भएका कानुनहरूलाई दोष दिंदै सरकारको खर्च ‘ग्रीन न्यु स्क्याम’ मा भएको राष्ट्रपति ट्रम्पले बताएका छन ।

अमेरिकामा मुद्रास्फीति अपेक्षाभन्दा तीव्र गतिमा बढेको छ । पेट्रोल, घर (भाडासहित) र किराना सामग्रीको मूल्य बढेको छ । श्रम विभागका अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिनामा वार्षिक रूपमा ३ प्रतिशतले वृद्धि भएको छ, जुन डिसेम्बरको २.९ प्रतिशत भन्दा बढी हो द गार्जियनले समाचार छापोको छ ।
विशेषज्ञहरूले राष्ट्रपतिको शपथ लिनु अघि नै चेतावनी दिएका थिए कि उनका आर्थिक लक्ष्यहरू, जसमा कर कटौती र विदेशी आयातमा थप शुल्क लगाउने योजनाहरू समावेश छन्, मुद्रास्फीति वृद्धिको कारण बन्न सक्नेछन् ।
अन्र्तवार्ताका क्रममा राष्ट्रपतिले भनेका छन एलन मस्क, जो छवटा ठूला कम्पनीहरूका प्रमुख हुन्, उनले संघीय सरकारको खर्चबाट १ ट्रिलियन डलर कटौती गर्न सक्नेछन् । टेस्लाका सीईओ मस्कको नेतृत्वमा संचालित सरकारी दक्षता विभागले मंगलबार घोषणा ग¥यो कि उसले मात्र जनवरी महिनामै ५५ अर्ब डलरको बचत पत्ता लगाएको छ । यद्यपि, राष्ट्रपति ट्रम्पले केही दिनअघि मस्क औपचारिक रूपमा सल्लाहकार समूहको हिस्सा नभएको संकेत गरेका थिए ।