February 8, 2025, Saturday
२०८१ माघ २६

अमेरिका आएको २ बर्ष नपुगेका आप्रबासी पक्राउ गर्दै डिर्पोट गर्ने नियम

२०८१ माघ १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

735

अमेरिकी राष्ट्रपति डा्नाल्ड ट्रम्पले सत्ता सम्हालेपछि दिनहुँ आप्रवासीका लागि त्रसित खबरहरु आई रहेका छन । जसमा अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट अफिसरहरुले अब कागजपत्रविहिनहरुलाई अध्यागमन न्यायाधिससमक्ष पेश नगरिकनै अमेरिकाको कुनै पनि स्थानबाट पक्राउ गरेर देशनिकाला गर्न सक्ने छन् । ट्रम्प प्रशासनले शुक्रबार फेडरल रजिष्ट्ररमा प्रकाशित गर्ने तय गरेको नीति अनुशार अब अमेरिका आएको २ बर्ष नपुगेका कागजपत्रविहिनहरुलाई अमेरिकाको जुनसुकै स्थानबाट पनि पक्राउ गरेर छोटो प्रक्रियाबाट देशनिकाला गर्न सकिने कानुनी बाटो खुलाएको छ । नयाँ नीतिले तीब्र गतिको देशनिकालाको प्रकृयालाई आक्रमक रुपमा बिस्तार गरेको छ । जस अन्तरगत अब न्यायायिक पुनरावलोकन समेत आवश्यक नपर्ने भएको छ । नयाँ नीति मंगलबार बेलुका ६ बजेदेखि लागु भएको छ । त्यसबाट हजारौ नेपाली पर्न सक्ने अनुमान छ ।

त्यसैगरी अमेरिकी संसदको प्रतिनिधिसभाले सानातिना अहिंसात्मक अपराधको अभियोग लागेका कागजातविहीन आप्रवासीहरूलाई देश निकाला गर्ने बिल पारित गरेको छ । बुधबार पारित यो बिलले दोषी ठहर भएका नभई अभियोगमात्र लगाइएका कागजातविहीनलाई समेत देशनिकाला गर्नसक्ने प्रावधान समेटेको छ । यस अगाडि यो बिल केही संसोधनसहित सिनेटबाट पारित भइसकेकाले अब राष्ट्रपति डोनाल्ड ट्रम्पको डेस्कमा जानेछ । यो बिल २२ वर्षीया नर्सिङ विद्यार्थी ल्याकेन रिलेको नाममा राखिएको छ, जो गत वर्ष जर्जियामा कागजातविहीन आप्रवासीद्वारा मारिएका थिए ।