अमेरिकामा भिषा आवेदनमा लामो समय कुर्नुपर्ने झण्झटबाट विधार्थीहरुले मुक्त हुने भएका छन । अमेरिकामा अध्ययन गर्न चाहेन नेपाली विद्यार्थीका लागि नयाँ भिसा आवेदन सन् २०२५ अप्रिलदेखि खुल्ने भएको हो । नियमित भिषा आवेदन प्रक्रियामा जाँदा लामो समय कुर्नुपर्ने छ । त्यसैले अमेरिकी दुतावासले बेला बेलामा विधार्थिका लागि स्पेसल समय निर्धारण गर्दै आएको छ । अमेरिकी दूतावास काठमाडौंले सन् २०२५को अप्रिल, मे, जुन र जुलाई महिनाका लागि विद्यार्थी भिसा आवेदनको मिति घोषणा गर्न लागेको जानकारी दिएको हो ।
दूतावासले सामाजिक सञ्जालमार्फत सूचना जारी गर्दै आफ्नो स्थान सुरक्षित गर्न नेपाली विद्यार्थीहरूलाई अपिलसमेत गरेको छ । सूचना अनुसार अप्रिल महिना २०२५ का आवेदन २२ जनवरी बिहान ८ बजे खुल्नेछ भने मे २०२५ का आवेदन १३ मार्च बिहान ८ बजे खुल्नेछ जनाइएको छ । यस्तै जुन २०२५ का आवेदन १७ अप्रिल बिहान ८ बजे खुल्नेछ भने जुलाई २०२५ का आवेदन १५ मे बिहान ८ बजे खुल्ने दूतावाले सूचनामा उल्लेख गरेको छ ।
विद्यार्थीले भिसा प्रक्रिया सम्बन्धी थप जान्नका लागि दुतावासको फेसबुक https://www.facebook.com/search/top?q=u.s.%20embassy%2C%20nepal लिंकमा गएर हेर्न सक्ने दूतावासले जनाएको छ ।