March 26, 2025, Wednesday
२०८१ चैत्र १३

अमेरिका हिडेका ४ लाख ७० हजार भन्दा बढी आप्रवासी मेक्सिकोमा अलपत्र

२०८१ फाल्गुन १
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

810

जनवरीको अन्तिम साताको तुलनामा फेब्रुअरी पहिलो साता झन शान्त छ अमेरिका र मेक्सिकन बोर्डर क्षेत्र । अरु बेला हजारौ आप्रवासीको लाईन र हुलमुल हुने क्षेत्रमा यतिखेर शान्त र त्रासको वातावरण छ । अमेरिकी सीमा गस्ती एजेन्टहरूले अवैध रूपमा देश प्रवेश गर्न खोज्ने ६ हजारभन्दा बढी व्यक्तिहरूलाई नियन्त्रणमा लिएको जनाइएको छ । जुन अघिल्लो हप्ताको १० हजार २८१ पक्राउको तुलनामा ५५% को महत्वपूर्ण गिरावट हो,“ भनी ट्रम्प प्रशासनद्वारा नव नियुक्त सीमा गस्ती प्रमुख माइकल बैंक्सले बताएका छन । यदि यो दर एक महिनासम्म निरन्तर रहँदा प्रतिमहिना २० हजार भन्दा बढी हुन आउँछ । त्यो सख्या सिमामा आएर अमेरिका छिर्न खोज्दा पक्राउ पर्नेहरुको मात्रै हो । अरु बेला सुरक्षाकर्मीले नाम टिपाएर शरणार्थीको विल्ला भिराएर अमेरिकातर्फ पठाउँथ्यो भने ट्रम्प प्रशासनले पक्राउ गर्दै सिधै सेनाको प्लेनबाट डिर्पोट हुन थाले पछि सिमा क्षेत्र शान्त बन्दै गएको हो । डोनाल्ड ट्रम्पले पदभार सम्हालेको एक हप्तामा, गृह सुरक्षा विभागले ९ हजार ३०० जनालाई देश निकाला गरेको रिपोर्ट दियो । यति हुँदा पनि ट्रम्प प्रशासन पक्राउ र डिर्पोटको सख्यासंग सन्तुष्ट छैनन ।

ट्रम्प प्रशासनको कडा आप्रवासन नीतिहरूले अमेरिका–मेक्सिको सीमामा तीव्र रूपमा मानवीय संकट उत्पन्न छ । नयाँ सरकारले कार्यभार सम्हालेसंगै शरणको लागि पूर्वनिर्धारित अपोइन्टमेन्ट भएका आप्रवासीहरू अलपत्र परेका छन् । जसले धेरैलाई असुरक्षित परिस्थितिमा धकेलेको छ । पछिल्ला दिनमा सिमा क्षेत्र नोगालेस, सोनोरामा कठिन जिवन बिताएका आप्रवासीहरु फर्केर जाने की त्यहि बस्ने भन्दै अभावमा बाँची रहेका छन ।

सिमा क्षेत्रमा आईपुगेपछि एपमा दर्ता भएका करिब २ लाख ७० हजार व्यक्ति मेक्सिकोमै अलपत्र परेका छन् । अरु २ लाख भन्दा बढी मेक्सिकोबाट हिडेर अमेरिकातर्फ आईरहेको हुन सक्ने आंकलन छ । अचम्मको कुरा त यस्तो कडाईको समाचारहरु आई रहँदा पनि ग्वाटेमाला, इृक्वेडर, भेनेजुयला, होन्डुरसतिरबाट मेक्सिको हुँदै अमेरिका जानेहरु केहि कमी आए पनि रोकिएको छैन । मेक्सिकोमा आई पुगेकाहरु एक दिन अमेरिका पुगिन्छ भन्दै ज्यान बचाउने दैनिकीमा लागेको मानव अधिकार कर्मी संघसस्था र सन्चार माध्यमहरुले जनाएका छन ।

मेक्सिकी आप्रवासन अधिकारीहरू र मेक्सिकोको नेशनल गार्डले निर्वासित व्यक्तिहरूलाई जबरजस्ती दुई विशिष्ट आश्रय केन्द्रहरूमा लैजाने गरेका छन् । गैर–मेक्सिकी नागरिकहरूलाई नोगालेसबाट १८० माइल दक्षिणमा पर्ने सोनोराको राजधानी हर्मोसिलोमा लगिन्छ, त्यसपछि १,८०० माइल टाढा मेक्सिकोको दक्षिणी सीमासम्म सारिन्छ ।
सिमा क्षेत्रमा पुगेपछि जसरी पनि अमेरिका छिर्ने झिनो आसमा रहेका हजारौ आप्रवासीको फरक फरक पीडा रहेका छन । कोही तालिबानको यातनाबाट बच्न भागेकाहरु, कोही आतंकवादीबाट बच्न भागेकाहरु, कोही आफन्त सबैको अपहरण भएपछि भागेकाहरु छन । त्यसरी सिमामा अझै झिनो आसा लिएर बसेकाहरुले नोगालेसमा आप्रवासीहरू संगठित अपराध, फिरौती, र सरकारी अधिकारीहरूद्वारा हुने मानव अधिकार हनन जस्ता चरम जोखिमहरू सामना गरिरहेका छन् ।

सिमामा पुगेका ६८% व्यक्तिहरूले आफ्नो मुलुक छोड्नुको कारण हिंसा भएको बताएका छन् । तिनमध्ये कम्तीमा ३०% मेक्सिकी नागरिक नै छन्, जो अहिले उनीहरू भागेका देशमै अलपत्र परेका छन् । राष्ट्रपति ट्रम्पले मेक्सिकी वस्तुहरूमा ट्यारिफ लगाउने चेतावनी दिएपछि, मेक्सिको सरकारले १० हजार नेशनल गार्ड सदस्यहरूलाई अमेरिकी सीमाक्षेत्रमा तैनाथ शुरु गरिएको छ । सीमामा पुग्ने आप्रवासीहरूको निकै घट्दै गएको छ, किनकि अहिले शरणको अधिकार प्रयोग गर्न असम्भव छ ।

ट्रम्प प्रशासनले २१ सय सक्रिय सैनिकहरूलाई सीमामा खटाएको छ । नयाँ रक्षा सचिवले सीमाको भ्रमण गरेपछि सैन्य निर्वासन उडानहरू जारी छन् । पहिलो पक्राउ परेका आप्रवासीहरू ग्वान्टानामोमा पठाइएका छन । दुई सैन्य विमानमार्फत भेनिजुएलाको संगठित अपराध समूहसँग सम्बन्धित करिब दुई दर्जन आप्रवासीहरूलाई क्युबाको ग्वान्टानामो बेस्थित हिरासत केन्द्रमा पठाइएको छ ।

राष्ट्रपति ट्रम्प भने गिरफ्तारी दरसँग असन्तुष्ट देखिएका छन् र एजेन्सीलाई थप कारबाही गर्न दवाव दिइरहेका छन् । वाशिंगटन पोस्टका अनुसार, जनवरी २५ मा प्रति दिन ७५ पक्राउ गर्नुपर्ने लक्ष्य तोकिएको छ—जुन प्रति दिन १,८७५ गिरफ्तारी हुन आउँछ । यसको परिणामस्वरूप, कुनै आपराधिक रेकर्ड नभएका आप्रवासीहरूको व्यापक गिरफ्तारी बढ्ने सम्भावना रहेको छ ।

एता टेक्सासका गभर्नर ग्रेग एबटले ट्रम्प प्रशासनलाई हिराशत बनाउन हजारौ एकड जग्गा नै उपलब्ध गराएका छन र सिमामा कडाई गर्ने नयाँ कानुन जारी गरेका छन । जनवरी २९ मा कार्यकारी आदेश जारी गर्दै राज्य निकायहरूलाई संघीय आप्रवासन तथा सीमा कानून प्रवर्तनसँग पूर्ण रूपमा सहकार्य गर्न निर्देशन दिए । उनले टेक्सासको सार्वजनिक सुरक्षा विभागलाई “युद्ध रणनीति अपनाउने टोली“ सक्रिय गर्न आदेश दिएका छन जसले गिरफ्तारी वारन्ट भएका गैरकानुनी आप्रवासीहरू पक्राउ गर्नेछ ।
एता भेनेजुएली आप्रवासीहरूको अस्थायी सुरक्षा स्थिति टिपिएस खारेज गरिएको छ । लगभग ३ लाख ५० हजार भेनेजुएली आप्रवासीहरू अप्रिलपछि अमेरिका बस्ने र काम गर्ने अवसर गुमाउनेछन् । उता टेक्सासले सीमा सुरक्षाका लागि राज्यले खर्च गरेको ४११ अर्ब केन्द्रिय सरकारबाट फिर्ता माग गरेको छ । अब टेक्सास नेशनल गार्डका सदस्यहरूको तर्फबाट आप्रवासीहरू पक्राउ गर्न सक्नेछन् ।