जाँदा जाँदै बाइडेन प्रशासनले एच १ बी भिसा कार्यक्रममा ठुलो परिवर्तनको घोषणा गरेको छ । जसले दक्ष विदेशी कामदारहरूलाई अमेरिकाको अर्थतन्त्रमा योगदान गर्न अनुमति दिने प्रणालीलाई मद्दत पुग्ने देखिन्छ भने अमेरिकामा ग्रीनकार्ड लिन सजिलो हुनेछ । यसबाट प्रविधिमा काम गर्ने, अन्तर्राष्ट्रिय विद्यार्थी, वा विश्वव्यापी विशेष क्षमता भएकाहरुका लागि यी परिवर्तनहरूबाट महत्वपूर्ण फाईदा हुनेछ ।
एच १ बी भिसाले ईन्जिनियर, सफ्टवेयर डेभलपर, र वित्तीय विश्लेषकजस्ता पेशेवरहरूलाई अमेरिका काम गर्नको लागि लामो समयदेखि गेटवेको रूपमा सेवा दिँदै आएको छ । यो गुगल, अमेजन, र टेस्लाजस्ता कम्पनीहरूको लागि पनि एक महत्वपुर्ण छ त्यहाँ काम गर्नेहरुले सजिलै अमेरिकामा बस्ने अनुमति प्राप्त गर्नेछन ।
२०२४ मा, केवल ८५ हजार उपलब्ध भिसाको लागि ४ लाख भन्दा बढी आवेदन दर्ता भएको यूएससिआईएसले जनाएको छ । अमेरिकी नागरिकता र आप्रवासन सेवाले पहिले स्वीकृत एच १ बी निवेदनहरूलाई कम विलम्ब र कम कागजी प्रक्रिया सुनिश्चित गर्दै छिटो छरितो गर्ने जानएको छ । त्यसैगरी गैरनाफामूलक संस्था र अनुसन्धान संस्थाहरूको लागि लचिलोपन हुने बताइएको छ । गैरनाफामूलक संस्था र सरकारद्वारा समर्थित अनुसन्धान केन्द्रहरू भिसा सीमाबाट मुक्त रहिरहनेछन् ।
जसले महत्ववपूर्ण क्षेत्रहरूलाई आवश्यक प्रतिभा उपलब्ध गराउन निरन्तरता दिनेछ । त्सको मतलव बिशेष क्षमता भएकाहरुला लागि अमेरिकामा ग्रीन कार्ड लिन थप सजिलो हुनेछ । अर्को महत्वपुर्ण कुरा अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि एफ १ बाट एच १ वि मा जानको लागि बाटो अब केही सहज बन्नेछ । यी परिवर्तनहरूले डे १ सीपीटी जस्ता कार्यक्रमहरू, जसले विद्यार्थीहरूलाई अध्ययनको क्रममा कामको अनुभव लिन अनुमति दिन्छ, अझै पनि लोकप्रिय रहन सक्ने सम्भावना छ र धेरै मात्रामा विधार्थीहरु यस परिवर्तनबाट लाभान्वित हुनेछन ।
भिसा नवीकरण गर्न चाहनेहरूका लागि, ड्रपबक्स प्रणाली लागु हुनेछ । पहिलेको अनुमोदनलाई सम्मान गर्ने भएकाले, नवीकरण प्रक्रिया छिटो र कम तनावपूर्ण बन्न सक्छ । नयाँ नियमहरू १७ जनवरी, २०२५ देखि लागू हुनेछन् राष्ट्रपति बाइडेनको कार्यालय छोड्नुभन्दा मात्र तीन दिन पहिले यो नियम लागु हुनेछ । वर्तमान राष्ट्रपतिले यो परिवर्तन गर्न खोज्नुले ट्रम्पले अघि सारेका केहि लोकप्रिय हुनसक्ने कार्यक्रम उनले पद भार नगर्दै लागु गर्ने राजनीति जस्तो देखिन्छ । जे होस यो प्रक्रियाले ठुलो सख्यामा दक्ष आप्रवासी लाभान्वित हुनेछन ।