May 15, 2025, Thursday
२०८२ जेष्ठ २

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति बार्गेनिड गर्ने औजार

२०८१ माघ २२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

555

 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अत्यधिक कर राजनीतिले क्रमश फेल खाँदै गएको छ । उनले जुन देशका लागि अत्यधिक कर लगाउँदै आफ्नो एजेण्डामा बार्गेनिड गर्ने औजारका रुपमा प्रयोग गर्न थालेका छन । त्यसैको फलस्वरुप ट्रम्पले लगाएको दुई देशको ट्यारिफ खारेज गरे । पहिले कोलम्बियामा आप्वासी फिर्ता गर्ने र दोश्रो मक्सिको सिमामा १० हजार सिमा सुरक्षा खटाउने विषयमा सहमति भएको छ । उता क्यानडासंग पनि सहमतिका आधारमा कर नीति केहि समयका लागि नलाग्ने भएको छ ।
मेक्सिकोबाट अमेरिकामा आउने सामानमा लगाइएको २५ प्रतिशत शुल्क तत्कालका लागि स्थगन गर्दै मेक्सिकोले अमेरिकासँग ट्रम्पको शुल्क ढिलाइ गर्ने सम्झौता गरेको हो ।

राष्ट्रपति ट्रम्पले मेक्सिकोमाथि लगाइने शुल्क एक महिनाका लागि रोक्ने घोषणा गरेर सिमाबाट अवैध आप्रवासी अमेरिका छिर्न नदिनेगरी व्यवस्थापन गर्न दुवै देशबीच सहमति भएको छ । व्यापार युद्धको डरका कारण एसियाली र युरोपेली बजारमा गिरावट आएपछि अमेरिकी सेयर बजार पनि सुरुआती कारोबारमा ओरालो लागेको छ।
मेक्सिकोकी राष्ट्रपति क्लाउडिया शेइनबाउमले ट्रम्प प्रशासनसँग सम्झौता गर्दै मङ्गलबार लागू हुन लागेका कडा शुल्क एक महिनाका लागि स्थगित गराएकी छन्। यस सम्झौतासँगै अमेरिका र मेक्सिकोले सीमा सुरक्षासम्बन्धी विभिन्न सहमति गरेका छन्। शेइनबाउमले १० हजार सैनिक परिचालन गर्ने सहमति जनाएकी छन्, जसलाई राष्ट्रपति ट्रम्पले अमेरिका र मेक्सिको सीमाबाट आप्रवासी र अवैध लागूऔषधको ओसारपसार रोक्न खटाइने बताएका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पको ट्यारिफ नीति बार्गेनिड गर्ने औजार भएकै कारण सिमा बलियो बन्ने भएको छ भने आफ्नो नीति अनुसार उनले डिर्पोट भएका आप्रवासी छरितो बाटोबाट डिर्पोट हुनेछन । आगामी दिन हेर्दै जाँदा उनले घोषणा गर्ने उच्च कर नीति कहाँ कहाँ प्रयोग हुने हो त्यो अहिले भन्न कठिन छ ।