January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिकी विदेश सहायकमन्त्रि लुले प्रधानमन्त्रि ओलीलाई किन भेटेनन् ?

२०८१ मंसिर २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

455

 

अमेरिकाका सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल भ्रमणमा आए । सबै दलका नेतासंग एक एक गरी भेटे तर एमाले अध्यक्ष तथा प्रधानमन्त्रि केपी ओलीसंग किन भेट गरेनन ? यो प्रश्न यतिखेर नेपाली राजनीतिमा जानकारी राख्नेहरुले बढो चासोका साथ प्रश्न खोजी रहेका छन । सोमबार स्वदेश फर्किएका विदेशमन्त्रि लु ले अरुलाई नभेटेर प्रधानमन्त्रिलाई भेटेको भए प्रश्न उठ्ने थिएनन तर प्रधानमन्त्रिलाई नभेट्नुको कारण भने कुटनीतिक हिसावले गहिरो अर्थ लाग्ने खालको छ । एक एमालेका नेताले भने लु आउने थाहा पाएर नै प्रधानमन्त्रि झापा गएको र लु फर्किएपछि आज काठमाडौं आउँदै गरेको दावी गरेका छन ।

भ्रमणका क्रममा उनले नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेको दोश्रो तहका नेतासंग औपचारिकता पुरा गर्न भेट गरे । उनले एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भने भेटे । लु आउने दिन ओली झापामा थिए जव लु फर्किए ओली आज काठमाडौं आउँदैछन । लुको पत्रकार सम्मेलनमा स्पष्टसंग अमेरिकाले नेपालसँग एमसिसी सम्झौता गर्दा अपनाइएका पारदर्शितासम्बन्धी बुँदाबारे जसरी जवाफ दिएका छन त्यसैगरी नेपालले यस्तै प्रकारको अर्को सम्झौता अर्को देशसँग हुँदा किन पारदर्शिता नभएको भन्ने आशयमा प्रश्न गरेर फर्किएका छन । अमेरिकी दुतावासले पनि नोभेम्बर २९ मा एमसिसि एक सय प्रतिशत पारदर्शी अनुदान भन्दै फेसबुकमा लेखेको छ । त्यो चिनमा बिआरआईको विषयमा सहमतिका विषयमा  कुराहरु उठिरहेका बेला दुतावासले यस्तो लेखेर अपारदर्शी संझौता नहोस भन्ने कुटनीतिक जवाफ दिएको हो ।