January 15, 2025, Wednesday
२०८१ माघ ३

अमेरिकी विश्वविधालयमा किन बढ्दैछ विश्वभरबाट विधार्थी ? अमेरिकामा सबैभन्दा धेरै पढिने विषयहरु कुन कुन हुन ?

२०८१ मंसिर १९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

725

 

बर्षेनी अमेरिकामा अध्ययन गर्ने विधार्थीको संख्या बढी रहेको छ । त्यसका कारणहरु प्रष्ट छन की संसारभर अमेरिकी शिक्षा व्यवहारिक रुपमा प्रयोगात्मक र उपयोगी रहेका छन । साथै प्रशस्त आय आर्जन गर्न मद्दत पुगेको बताईन्छ । जसको कारण संसारभरबाट विधार्थीहरु अमेरिका पढ्न जान आफ्नो सपना बनाउँछन । त्यसका पनि अमेरिकामा सबैभन्दा बढी अध्ययनका तीन सबैभन्दा लोकप्रिय क्षेत्रहरू गणित, कम्प्युटर विज्ञान, ईन्जिनियरिङ्, र व्यापार र व्यवस्थापन हुन् । अमेरिकामा पढ्न आउने विधार्थीहरु यी नै विषयमा अध्ययन गर्न बढी आएका छन । प्रशासन जस्तोसुकै भए पनि, विगत ७५ वर्षमा अमेरिकाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई अमेरिकाले स्वागत बढाउँदै लगेको कारण विधार्थी सख्या बढेको हो ।

अमेरिकामा लगभग ४ हजार कलेज र विश्वविद्यालयहरू रहेका छन । अमेरिकामा विश्वको सबैभन्दा नवीन प्रयोगशालाहरूमा पहुँच गर्ने क्षमता र शैक्षिक स्वतन्त्रताको आधारमा संयुक्त राज्य अमेरिका अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि शीर्ष गन्तव्य बनेको हो । विश्वकै उत्कृष्ठ प्रयोगशालाबाट उत्कष्ठ अनुसन्धानहरु भएका छन ।
विश्वव्यापी रूपमा विधार्थीहरु एक देशबाट अर्को देशमा गएर पढ्ने क्रम बढ्दै गएको छ । यस दशकको अन्त्यसम्ममा ६ दशमलव ९ मिलियन बाट १० मिलियन भन्दा बढि विधार्थीहरु विश्वका विभिन्न देशमा पढ्न गएको अनुमान गरिएको छ ।

विगत तीन वर्षको वृद्धि दर पनि १९२० यता देशले रेकर्ड गरेको सबैभन्दा उच्च दर हो । ७५ वर्ष पहिले, १९४९ मा, अमेरिकाले सार्वजनिक रूपमा डेटा संकलन गर्न थालेको देखिन्छ । जसलाई १९७३ देखि अमेरिकी विदेश विभागले कुन देशको विधार्थी कति छ भन्दै वर्गिकरण गर्न थालेको हो ।हालैको एक सर्भेषण हेर्दा ३६ प्रतिशत अमेरिकीहरू उच्च शिक्षामा धेरै वा धेरै विश्वास गर्छन्, ३४ प्रतिशत केही आत्मविश्वास छन्, र ३२ % थोरै छन् । हरेक क्षेत्र र सामाजिक पृष्ठभूमिका विद्यार्थीहरूलाई स्वागत गर्ने यो क्षमता वा इतिहास अरू कुनै देशसँग छैन । अमेरिकी कलेज र विश्वविद्यालयहरूको पनि आफ्नै विदेश नीति छ ।

अमेरिकी वाणिज्य विभागको अनुमान अनुसार, यी विद्यार्थीहरूले ट्युसन शुल्क, घर भाडा, र खाना र आकस्मिक खर्चहरू तिरेर स्थानीय अर्थतन्त्रमा करिब ४५ बिलियन योगदान दिएका छन । तर तिनीहरू कुल विश्वव्यापी जनसंख्याको १६ % मात्र हुन् । अर्को ४१ % क्यानाडा र यूके सहित परम्परागत होस्ट देशहरूमा स्कूल जान्छन्, जहाँ अमेरिकाले प्रतिस्पर्धा गर्छ ।

अन्तर्राष्ट्रिय शिक्षाले अमेरिकामा अध्ययन गर्ने विद्यार्थी र विद्वानहरूदेखि लिएर विदेशमा अध्ययन गर्ने अमेरिकी विद्यार्थीहरू र संयुक्त राज्य अमेरिकामा हुने ४५ बिलियनभन्दा बढीको आर्थिक प्रभाव र अन्तर–सांस्कृतिक दुवैबाट लाभान्वित हुने अमेरिकी जनतासम्म सबैलाई फाइदा हुन्छ ।

संसारभरबाट ११ लाख २६ हजार भन्दा बढी अन्तारष्ट्रिय विधार्थी अमेरिकी कलेजहरुमा विश्वभरीबाट आउँदा रहेछन । साथै १५ हजार जति विधार्थी अनलाईनको माध्यमबाट अध्ययन गरिरहेको ओपन डोर्स रिर्पोटमा उल्लेख छ । २०२३ र २४ शैक्षिक वर्षमा अमेरिका अन्तर्राष्ट्रिय शिक्षाका लागि पहलो नम्बरको गन्तव्य बनेको छ । ओपन डोर्सले सार्वजनिक गरेको एक तथ्यांकमा विश्व बजारमा अन्तर्राष्ट्रिय विधार्थीहरु जाने देशहरु अमेरिका, क्यानडा, बेलायत र अष्ट्रेलिया, जर्मनी, न्यूजिल्याण्ड आदी हुन । भुगोलमा ठुला भए पनि भारत , चिन र रुसमा धेरै विधार्थीहरु पढ्न जाने सख्या न्यून रहेको छ । त्यसको मुख्य असर शिक्षा नीति नै हो र त्यो शिक्षा कत्तिको वइवहारिक छ भन्ने कुरा पनि हुन्छ । विश्वभर चलायमान हुने विधार्थीहरुको ८० प्रतिशत यी देशले किफायत गर्दछ ।

विश्व अर्थतन्त्रमा दोश्रो स्थानमा रहेको चिन भए पनि अन्तर्राष्ट्रिय विधार्थी कम हुन्छन । अष्ट्रेलिया, बेलायत र क्यानडाले कडाई गरेपछि त्यो लय अमेरिकी बजारका अन्तराष्ट्र्रिय विधार्थी खनिएको हुन । अन्तर्राष्ट्रिय विधार्थीका कारण मात्रै ३ लाख ६६ हजार अमेरिकनले नयाँ रोजगारी पाउँछन । विश्वका २ सय २७ देश वा कन्टीनेन्टबाट अमेरिका अध्ययनका लागि विधार्थीहरु आउने गरेका छन । जसमा ७० प्रतिशत एसियाबाट रहेको अनुसन्धानमा उल्लेख छ ।गत वर्षको तुलनामा १० दशमलव ९५ प्रतिशत वृद्धि हुँदा हाल १६ हजार ७ सय ४२ नेपाली विद्यार्थीहरूले अमेरिकी विश्वविद्यालयहरूका अध्ययन गरिरहेका छन । नेपाली विद्यार्थीहरू हाल अमेरिकी विश्वविद्यालयहरूमा अध्ययन गर्ने अन्तर्राष्ट्रिय विद्यार्थीहरूको १०औं ठूलो समूह बनेको हो ।