April 23, 2025, Wednesday
२०८२ बैशाख ११

असाईलम स्वीकृति भए पनि ग्रीन कार्ड प्रक्रिया स्थगित, अमेरिकामा अब एसाईलम वा शरणार्थी प्रक्रियाबाट आवेदन दिन नपाउने, ठुलो सख्यामा नेपाली प्रभावित !

२०८१ चैत्र १२
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

1.9K

अमेरिकी होमल्याण्ड सुरक्षा विभागले केही शरणार्थी र अस्थायी शरणका लागि ग्रीन कार्ड आवेदनहरूको छानवीन प्रक्रिया रोक्ने घोषणा गरेको छ । अमेरिका आएर बसी रहेकाहरुलाई ग्रीनकार्ड प्रक्रियामा सहभागी नहोस भन्नका लागि यस्तो अस्थायी नियम लगाएको बताइएको छ । यसबाट सिमाबाट वा जुनसुकै मार्गबाट अमेरिका आएको भए पनि अब उनिहरुले ग्रीन कार्ड आवेदन दिन पाउने छैनन र ग्रीन कार्य आवेदन दिएकाहरुको पनि सबै प्रक्रिया ठप्प हुने सिएनविसीले समाचार छापेको छ । यो नियमले अमेरिका आएका व्यक्तिहरूलाई अनिश्चितताको अवस्थामा पुर्याएको छ ।

अमेरिकी समाचार सस्था द हिलका अनुसार  अमेरिकी नागरिकता र आप्रवासन सेवा (यूससिआइएस) को यो निर्देशनले ती शरणार्थी बनेर अमेरिकाहरु र विभिन्न कारण अमेरिकामा रहेर एसाईलम गरेर बसेका वा नगरेकाहरुलाई असर पर्ने देखिन्छ । किन की जसले असाईलम गरेका छन र उनिहरुको एसाईलम स्वीकृति भएको छैन भने यो आदेशबाट उनिहरुको सबै प्रक्रिया अब रोकिएको छ । कतिपय मानिसहरु अमेरिकामा रहेर असाईलम वा शरणको प्रक्रियामा सहभागी हुन खोजी रहेका छन भने उनिहरुका लागि पनि यो आदेशले आवेदन गर्न सक्ने छैनन । त्यति मात्रै होईन की ती व्यक्तिहरू जसले आप्रवासन अदालतमा सुरक्षाको लागि निवेदन गरेपछि शरण पाएका छन भने पनि उनिहरुको बाँकी प्रक्रिया पनि अगाडी नबढ्ने देखिन्छ ।

“ठगी, सार्वजनिक सुरक्षा वा राष्ट्रिय सुरक्षा चिन्ताहरू पहिचान गर्नको लागि, यूससिआइएसले थप जाँच र जाँच प्रक्रिया पूरा नगरेसम्म निश्चित आवेदनहरूको अन्तिम निर्णयमा अस्थायी रोक लगाउनेछ,“ डिएचएसले एक विज्ञप्तिमा भनेको छ । जसले ट्रम्पका दुई अलग कार्यकारी आदेशहरूलाई कार्यन्वयन गर्न मद्दत पुग्ने देखिन्छ । यो निर्देशनले बृहद रूपमा आप्रवासीहरूको ठूलो समूहलाई असर पुर्याउने छ । जो अमेरिकी नीति अनुसार नै शरणर्थी भएर अमेरिका आएका थिए जस्तै अफगानिस्तानबाट बाहिर निस्किएपछि अमेरिका आएका थिए, र ती व्यक्तिहरूलाई पनि जसले सीमामा पहिलो पटक शरणको दाबी गरेका थिए । यो अवस्थामा कति नेपाली प्रभावित होलान त्यो भने प्रष्ट छैन । एकिन कति भन्ने सख्या थाहा नभए पनि नेपालीहरु जो तल्लोबाटो अर्थात मेक्सिको हुँदै आएका आएका वा वैध बाटो बाटा अमेरिका आएर असाईलम गरेकाहरु पनि प्रभावित हुनेछन । त्यो सख्या एक अमेरिकी कानुन व्यवसायीका अनुसार निकै ठुलो हुन सक्नेछ । कतिपयका एसाईलक स्वीकृत भएर पनि ग्रीनकार्ड प्रक्रियामा छन भने कतिपय असाईलम नै स्वीकृत भएका छैनन । कतिपय अमेरिका आएर कुनै प्रक्रियामा रहेका छन भने उनिहरु सबैलाई यो प्रक्रियाले प्रभावित बनाउने छ । हजारौको सख्यामा नेपाली प्रभावित हुन सक्ने देखिन्छ ।