February 7, 2025, Friday
२०८१ माघ २५

बेलायती प्रधानमन्त्री कियर स्टारमरले भने “सरकार ‘देश पहिला, पार्टी दोस्रो’

२०८१ असार २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

685

लेबर पार्टीका नेता कियर स्टारमर बेलायतको प्रधानमन्त्रीमा नियुक्त भएका छन् ।

विहिबार सम्पन्न आम निर्वाचनमा शानदार जित हासिल गरेको लेबर पार्टीका नेता स्टारमरलाई राजा चार्ल्स तृतीयले प्रधानमन्त्रीमा नियुक्त गरेको बिबिसीले जनाएको छ ।

सम्पन्न आम निर्वाचनमा लेबर पार्टीले ६५० मध्य ४१२ सिट जितेको छ । जुन २०१९ को भन्दा २११ सिटले बढी हो । त्यस्तै लज्जास्पद हार बेहोरेको ऋषि सुनक नेतृत्वको कन्जरभेटिभ पार्टीले १२१ सिटमा जित हासिल गरेको छ । जुन २०१९ को भन्दा २५० ले कम हो ।

यस अघि बकिंगघम प्यालेस पुगेर ऋषि सुनकले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । उनले अब पार्टीको नेतृत्व पनि छोड्ने घोषणा गरेका छन् ।

उनी अफूलाई वर्किङ क्लासको पृष्ठभूमिबाट आएको बताउँछन् । उनका बुवा एक टूलमेकर थिए भने आमा नर्स । अक्सफोर्ड विश्वविद्यालयबाट कानुन पढेका स्टार्मरले मानवअधिकार कानुनमा विशेषज्ञता हासिल गरेका छन् ।

उनले अफ्रिकामा गएर मृत्युदण्डको सामना गरिरहेका कैदीहरुको मुद्दा लडेका थिए । ९० को दशमा उनले तथाकथित म्याक्लिबेल कार्यकर्ताको मुद्दा निःशुल्क लडेका थिए ।

म्याकडोनल्ड्स कर्पोसरन भर्सस स्टील एण्ड मोरिस १९९७ केसलाई म्याक्लिबेल मुद्दाका रुपमा चिनिन्छ । म्याकडोनल्ड्स कर्पोसरनल कम्पनीको आलोचना गर्ने पर्यावरण कार्यकर्ताविरुद्ध मानहानीको मुद्दा चलेको थियो, जसले म्याकडोनल्ड्स कम्पनीको पर्यावरणसम्बन्धी दाबीमा प्रश्न गरेको पर्चा बाँडेका थिए ।

राजनीतिक यात्रा

किअर स्टार्मर २०१५ मा उत्तरी लण्डनको होबेन एण्ड सेन्ट प्यान्क्रस क्षेत्रबाट सांसद चुनिए । उनले पूर्व लेबर नेता जर्मी कर्बिनको फ्रन्टबेन्च टिममा उनको ब्रेग्जिट सचिवका रुपमा काम गरे ।

२०१९ मा पार्टीले नराम्रो हार व्यहोरेपछि किअर स्टार्मरले लेबर नेताको पदमा चुनाव लडे र २०२० मा पार्टीको नेता बने । जीतपछि उनले भनेका थिए, ‘लेबरको विश्वास र आशाको नयाँ युगमा लैजाने छौं ।’

तर सुरुमा उनलाई पार्टीको लोकप्रियता बढाउन निकै सकस भयो । २०२१ को उपचुनावमा लेबरको हारपछि उनको ध्यान रेड वाललाई फेरि जित्नेमा थियो ।

रेड वाल उत्तर इंग्ल्याण्ड र मिडल्याण्डको त्यो सिट हो, जहाँ विगतमा लेबरले जित्ने गरेको थियो । तर २०१९ को चुानवमा कन्जरभेटिभ पार्टीले जितेको थियो ।

किअर स्टार्मरले पार्टीको नीति पुनर्विचार गरे र विश्वविद्यालयमा ट्युशन फि अन्त्य गर्ने तथा पानी र बिजुली कम्पनीलाई राष्ट्रियकरण गर्ने बाचा अगाडि सारे ।

अरु के छ चुनावी बाचा ?

किअर स्टार्मरले बेलायतको स्वास्थ्य सेवा एनएचएसमा विरामीका लागि वेटिङ लिस्ट (पालो कुर्नुपर्ने अवस्था) कम गर्ने बाचा गरेका छन् । उनले सीमा सुरक्षा कमाण्ड सुरु गर्ने बताएका छन् ताकि साना र खतरनाक डुंगाबाट हुने मानव तस्करीमा रोक लगाउन सकियोस् ।

किअर स्टार्मरले १५ लाख नयाँ घर बनाउने बताएका छन् । उनले भने, “सरकारले ‘देश पहिला, पार्टी दोस्रो’ राख्नेछ ।” सार्वजनिक विश्वासलाई घटाएका टोरीजअन्तर्गतका स्क्यान्डलहरूको उत्तराधिकारपछि उनले ‘राजनीतिको सम्मान’ पुनःस्थापित गर्ने वाचा गरे । त्यसमा पहिलो पटक घर किन्नेहरुको पहिलो अधिकार हुने भनिएको छ । ६ हजार ५०० शिक्षक भर्ती गरिनेछ र यसको खर्च निजी स्कुलले पाउने गरेको ट्याक्स ब्रेक रोकेर जुटाइने उनको चुनावी बाचा छ ।