April 23, 2025, Wednesday
२०८२ बैशाख ११

कोरियाबाट दर्जन नेपाली डिर्पोर्ट, अबैध बसोबास गर्ने एक हजार रहेको अनुमान !

२०८१ पुष २५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

920

 

दक्षिण कोरियामा गैरकानुनी रुपमा बसेका विदेशीहरुमाथी खोजतलास तिव्र पारेको छ । खोजतलासको क्रममा चारजना नेपालीलाई निष्काशन गरिएको समाचार छ। अध्यागमन स्रोतका अनुसार निष्काशित हुनेमा दुर्गाबहादुर राई, खुमबहादुर छत्याल, बिनोद निरौला र विजय पुन रहेका छन्। उनीहरू गत साता कोरियन एयरबाट काठमाडौं ल्याएर छोडिएको बताइएको छ । यसअघि पुस १७ गते दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्काशन गरेको थियो। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई निष्कासन गरिएको थियो।

कोरियामा गैरकानुनी रुपमा बसेका उनीहरूलाई त्यहाँको अध्यागमन कार्यालयले पक्राउ गरि नेपाल पठाएको हो। पछिल्लो समय गैरकानुनी रुपमा बसोबास गर्ने विदेशीहरूमाथि दक्षिण कोरियाले निगरानी बढाएको छ। अवैध रुपमा बसोबास गर्ने नेपालीहरू पनि त्यहाँको अध्यागमनको निसानामा पर्दै आएका छन्।
लामो समयदेखि सिओलमा बस्दै आएका एक नेपालीका अनुसार कागजपत्र नभएक विदेशीहरूमाथि यहाँको अध्यागमन प्रहरीले सोधखोज गर्ने र त्यस्ता विदेशीहरूलाई काम दिने कम्पनीहरूमाथि समेत निगरानी बढाएको छ।

दक्षिण कोरियाको अध्यागमनले अवैधरुपमा बसेका विदेशीहरूमाथि निगरानी बढाएपछि नेपालीहरू समेत धमाधम निष्काशित हुन थालेका छन्। कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामालाई पक्राउ गरी नेपाल पठाएको थियो। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको थियो। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो। इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। अपुष्ट तथ्यांक अनुसार कोरियामा ५ सय देखि एक हजार नेपाली गैरकानुनी बसेको अनुमान छ । कोरियास्थित नेपाली दुतावसले कति नेपाली गैरकानुनी होला भन्ने विषय दुतावासको जानकारीमा नभएको बताए । समाचार श्रोतले भन्यो हामीले पनि गैरकानुनी नेपालीहरु छ भनेको सुनेका छौं तर त्यसको आधिकारिता छैन ।