March 26, 2025, Wednesday
२०८१ चैत्र १३

चर्चित गायक सुशान्त केसीको अमेरिकामा एक महिना लामो सांगितिक टुर न्यूयोर्कबाट शुरु

२०८१ श्रावण ५
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

950

 

युवा पुस्ताका चर्चित गायक सुशान्त केसीले आज शनिबार न्यूयोर्कको टाइम्स स्क्वायरमा प्रस्तुति दिने भएका छन् । आजबाट शुरु भएको उनको अमेरिकाका सांगितिक टुर सेप्टेम्वर ७ मा सकिने छ । साउन ५ शनिवारका दिन टाइम्स स्क्वायरको पलेडियम हलमा उनले प्रस्तुति दिँदैछन् । नेपाली संगीतको प्रतिनिधित्व गर्दै यस किसिमको चर्चित स्टेजमा पहिलोपटक गायन प्रस्तुति दिने गायकको उनी इतिहास रच्दैछन् । यो स्टेजमा हुने सांगीतिक प्रस्तुति गायक सुशान्तको अमेरिका टूरको सबैभन्दा महत्त्वपूर्ण क्षण हुनेछ । यो प्रस्तुतिसँगै उनले २ महिनाको अमेरिकाको सांगीतिक भ्रमण यात्रामा ११ सहरमा गायन स्टेज शो गर्नेछन ।

इन्डी र पप संगीतमा चर्चा कमाइसकेका सुशान्तले अमेरिकाको यो भम्रणमा आफ्ना थुप्रै फ्यानसँग साक्षात्कार गर्नेछन् । अमेरिकामा आयोजना हुँदै आएको नेपाली संगीत क्षेत्रका कार्यक्रमलाई टाइम्स स्क्वायरको यो प्रस्तुतिले झनै उचाइमा पुर्‍याउने आयोजक ठमेल इभेन्ट्स एनवाइसीले जनाएको छ । ठमेल इभेन्ट्स एनवाइसीसँग गराज इन्टरटेन्टमेन्टले भविष्यमा यस्तै सहकार्य गर्ने योजना बनाएको छ ।

 


जस अनुसार जुलाई २० न्यूयोर्क, जुलाई २६ मिनिसोटा, जलाई २८ डिएमभी, अगष्ट ३ हरिसवर्ग, ४ पिटर्सवर्ग, १० डालास, १७ नर्थ क्यारोलिना, २३ अष्टिन , ३० सानफ्रान्सिस्को ३१ कोलोराडो र सेप्टेम्बर ७ कोलम्बसमा कार्यक्रम तय भएका छन । सुसान्त कसीको यति लामो कार्यक्रम अमेरिकामा पहिलो पटक हो । प्राय जसो उन िअष्ट्रेलियामा संगितिक टुरहरु गर्ने गर्दथे । अमेरिकाको प्रतिष्ठत विश्वविधालय यूनिभर्सिटी अफ क्यालिफोनिया ब्रोक्ली अध्ययन गरेका हुन । उनको धेरै ठुलो यूवा जमात फ््यान र फलोर रहेका छन ।

सो सागितिक कार्यक्रमको टिकट लिन  https://www.sushantkcofficial.com लिंकमा गएर किन्न सकिन्छ ।