March 26, 2025, Wednesday
२०८१ चैत्र १३

जुलाई ९ देखि १४ लसएन्जलस र अगस्त २ देखि ४ सम्म शिकागोमा कन्सुलर शिबिर हुँदै

२०८१ असार २४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

940

 

जुलाई ९ देखि १४ सम्म क्यालिफोर्नियाको लस एन्जलसमा कन्सुलर सेवा घुम्ती शिविर हुने भएको छ । नेपाली दुतावासको सहयोगमा महावाणिज्यदुत ऋषि ढकालको संयोजनमा हुन लागेको सो शिविरमा आठ सय भन्दा बढीले सेवा लिन अप्वाइन्टमेन्ट लिएको ढकालले बताए । उक्त शिविर क्यालिफोनियास्थित पशुपतिनाथ बुद्ध मन्दिरमा बिहान ९ बजेदेखि साँझको ६ बजेसम्म संचालन गरिने महावाणिज्यदूत ऋषि ढकालले बताए । अनलाईन फाराम भरी सकेपछि आउने बारकोड सहितको प्रिन्ट लिएर राहदानी दस्तुरसहित शिविरमा जानु पर्ने महावाणिज्यदूत ढकालले बताएका छन । यस पटक विगतमा भन्दा धेरै सेवाग्राहीहरु आउने संभावना रहेको उनले बताए ।

त्यसैगरी आगामी अगस्त २ देखि ४ सम्म शिकागोमा पनि घुम्ति राहदानी सेवा शिविर संचालन हुने भएको छ । उक्त शिविर शिकागो करी हाउसमा बिहान ९ बजेदेखि साँझको ५ बजेसम्म संचालन गरिने जनाइएको छ । वासिंटनमा रहेको नेपाली दुतावासद्धारा दिइएको जानकारी अनुसार उक्त शिविरमा १२ महिनाभित्र राहदानीको म्याद सकिन लागेकाहरुले नविकरणको लागि निवेदन दिनसक्ने छन् । उक्त शिविरमा विधुतीय राहदानी नविकरणका लागि अप्वाइन्टमेन्ट लिने दुतावासको वेवसाइट जानु पर्नेछ ।
शिविरमा सहभागी हुनका लागि राहदानी दस्तुर ३४ पेजको पासपोर्ट नविकरणका १५३ डलर, १० बर्षभन्दा कम उमेरका बच्चाको पासपोर्टका लागि ७६ डलर, शुल्क तोकिएको छ । हराएको र क्षति भएको पासपोर्टका सन्दर्भमा ३०६ डलर लाग्ने बताइएको छ । राहदानी दस्तुर डेबिट कार्ड वा क्रेडिट कार्डबाट मात्रै भुक्तानी गर्न सकिनेछ । विगतमा टेक्सासमा दुतावासको घुम्ती शिविरबाट फर्किदा ६६ हजार डलर हराएपछि दुतावासले यसपटकबाट क्यास नलिने योजना बनाएको दुतावासले जनाएको छ । डेविट र क्रटिकार्डबाट भुक्तानी गर्दा तोकिएको रकममा केहि थप रकम तिर्नुपर्ने जनाइएको छ । दुतावासले नेपाली समुदायको बसोवासको क्षेत्र हेरेर बर्षैभरी यस्ता शिविरहरु आवश्यक मात्रामा सन्चालन गर्दै आएको छ । दुतावासमा यस्ता कार्यहरु नियमित हुन्छन तर दुतावाससम्म आउन समय लाग्ने भएकोले पनि नेपालीको जनघनत्व हेरेर राज्यहरुमा घुम्ती शिविर गर्दै आएको छ ।