टेस्लाका मालिक एलन मक्सले कम्पनीको गाडी विक्री र शेयरमा भारी गिरावट आएपछि मे महिनाबाट ’सरकारी कार्यक्षमता विभाग’ बाट फिर्ता हुँदैछु भनेका छन ।
टेस्लाको २०२५ पहिलो त्रैमासिकमा मुनाफा र राजस्वमा ठूलो गिरावटको रिपोर्टसाथै, एलन मस्कले ह्वाइट हाउसको “सरकारी कार्यक्षमता विभाग”मा आफ्नो भूमिकाबाट फिर्ता हुने निर्णय सुनाएका हुन ।
जब विश्वकै धनी एलन मक्सले राजनीतिक यात्रामा सहभागीता जनाएपछि उनको कम्पनीले ३ महिनाको बीचमा टेस्लाको शेयर र बिक्रि आधा घटेर गएको रिर्पोट सार्वजनिक भएको छ । सो गाडीको बिक्रीमा ९ प्रतिशतले कमी मात्रै आएका उनको ह्वाईट हाउससगको सहभागिताका कारण संसारभर बिरोध भएका छन । टेस्लाको लागि २०२५ को पहिलो त्रैमासिक वित्तीय नतिजा कमजोर रहेको भन्दै शेयरमा लगानी गर्न डराएका छन । जसको नाफामा ७१% गिरावट आएको जनाइएको छ ।
गाडीको डेलिभरीमा १३% कमी आएको छ । यो २०२२ यताकै सबैभन्दा खराब त्रैमासिक रिपोर्ट हो र बिक्री व्यापक घटेको ५०% शेयर मूल्यमा गिरावट आएको छ ।
टेस्ला गाडीका मालिकहरू आफ्ना गाडीहरू बेच्न खोज्दै गरेको रिर्पोटहरु सार्वजनिक भएका छन । पछिल्लो केहि दिनहरुमा विश्वभर र अमेरिकामा टेस्ला गाडीहरूमा तोडफोड, विरोध प्रदर्शन व्यापक भएको थियो । टेस्लाको खराब दिन शुरु हुनुमा एलोनको टेस्ला–प्रतिको ध्यान घटाएको छ र ब्रान्डलाई राजनीतिक रुपमा विवादास्पद बनाइदिएको छ । यसले उपभोक्ताहरू र बजारलाई दुबैलाई टाढा बनाएको छ । एलोन मस्कले मे ३० मा डजको भूमिका छाड्ने भए केहि आशा जगाएको बताइएको छ ।
विश्लेसकहरुका अनुसार यदि मस्कले ह्वाइट हाउस छाडे भने टेस्लाको ब्रान्डमा स्थायी क्षति हुनेछ । तर टेस्लाले आफ्ना सबैभन्दा महत्वपूर्ण सम्पत्ति र रणनीतिक सोच भएका व्यक्तिलाई पूर्णकालीन प्रमुखको रूपमा फिर्ता पाउनेछ ।
तर पनि एलन मस्कले पछिल्ला केही समयलाई “थोरै कठिन“ भन्दै उनले कम्पनीको भविष्यबारे आशावादी दृष्टिकोण राखेका छन् । मार्च महिनामा आयोजित कम्पनीको एक कार्यक्रममा उनले कर्मचारीहरूलाई आफ्ना स्टक नबेच्न आग्रह गर्दै तपाईँहरूलाई भन्न चाहन्छु कि भविष्य अत्यन्त उज्यालो र रोमाञ्चक छ, र हामीले यस्तो कुरा गर्न गइरहेका छौँ जुन कोहीले कल्पना पनि गरेका छैनन् । लगानीकर्ताहरूले मस्कको राजनीतिक संलग्नता, टैरिफ प्रभाव, र डेलिभरी अनुमानहरूमा गिरावटलाई प्राथमिक चासोको रूपमा हेरिरहेका छन् । जसले गर्दा अझै टेस्लाको भविश्यबारे यसै भन्न सकिन्न ।