पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो उपराष्ट्रपति उम्मेदवार कस्तो चयन गर्ला भन्ने विभिन्न अनुमान गलत सावित गर्दै ओहायोका सिनेटर जेडी भेन्सलाई छानेका छन । ट्रम्पको उपराष्ट्रपति उम्मेदबारका लागि विभिन्न अनुमानहरुमा टकर काल्सर्न, निक्कि हेली, जस्ता नामहरु आएका थिए । ट्रम्पको आज भएको एक चुनावी सभाका क्रममा राष्ट्रपतिका उम्मेदवार ट्रम्पले युवा सिनेटर ३९ बर्षीय भेन्सले रिपब्लिकन उम्मेदबारीमा ल्याए पछि नयाँ ऊर्जा ल्याउने अपेक्षा गरिएको छ ।
भेन्स गत वर्ष मात्र सिनेटमा प्रवेश गरेका नयाँ राजनीतिक व्यक्ति हुन् ।
मिडलटाउन, ओहायोमा जन्मेका भेन्सले ओहायो स्टेट युनिभर्सिटीमा राजनीति विज्ञान र दर्शन अध्ययन गर्नु अघि र येल ल स्कूलबाट जुरिस डाक्टर कमाउनु अघि मरीन कोरमा सेवा गरेका थिए । उनले लेखेका पुस्तक संस्मरण न्यूयोर्क टाइम्स बेस्टसेलर बनेको थियो । उनले २०२१ मा ओहायोको सिनेट सिटको लागि आफ्नो निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार टिम रायनलाई पराजित गरेका थिए ।