April 23, 2025, Wednesday
२०८२ बैशाख ११

दर्जन नेपाली कलाकार न्यूयोर्कमा: मिस नेपाल नर्थ अमेरिका २०२४

२०८१ श्रावण ११
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

900

 

मिस नेपाल नर्थ अमेरिका २०२४ को लागि भन्दै एक दर्जन भन्दा बढी कलाकारहरु अमेरिका जाने तयारी छन । न्यूयोर्कमा अगस्ट ३ बाट शुरु हुन लागेको मिस नेपाल नर्थ अमेरिका उत्तर अमेरिका नेपाल सुन्दरी २०२४ सहभागी हुन अमेरिका उड्ने यतारी रहेका छन । उनिहरु सबैको भिषा प्रक्रिया सकिएको जनाइएको छ । आमन्त्रित केहि कलाकारहरु भने भिषा नलागेका कारण कार्यक्रममा जानबाट रोकिएका हुन । आयोजक संस्था ड्रिम्स युनिभर्सल हो ।

मिस नेपाल नर्थ अमेरिका सुरु भएदेखि नै हरेक वर्ष अगस्ट महिनामा हुदै आएको छ । यस बर्ष पनि अगस्ट ३ का दिन समापन समारोह अर्थात् ग्रान्ड फिनाले हुनेछ आयोजकले बताएका छन । विगत वर्ष झैँ यस वर्ष पनि न्यूयोर्ककै प्रसिद्ध मेलरोज बलरुम मै शनिबारका दिन कार्यक्रम गर्ने अन्तिम तयारी भईरहेको छ ।
नेपालबाट सो कार्यक्रममा अमेरिका जान तयारी गर्ने कलाकारहरुमा नायिका आँचल शर्मा ,कलाकार अनुप बिक्रम शाही, नायिका वर्षा राउत, उषा उप्रेती, पूर्व नेपाल सुन्दरी सदिक्षा श्रेष्ठ, प्रिया रानी लामा, डा उदिप श्रेष्ठ, अनिश्का शर्मा, डा सारिषा श्रेष्ठ, र सागरिका श्रेष्ठ रहेका छन् ।

मिस नेपाल नर्थ अमेरिका २०२४ को शीर्ष २० मा पुग्ने अन्तिम प्रतियोगीहरुमा मिनेसोटाकी आयुषा तुलाधर, टेक्ससकी आदीश्री रेग्मी, नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुबेदी, न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल , मेरिल्याण्डकी न्यान्सी क्षेत्री, न्यूजर्सीकी ओनिका बानिया, न्यूयोर्ककी प्रिजा राना, बोस्टनकी रिजा पुरी, मेरिल्याण्डकी रुबिना गिरी, मेरिल्याण्डकी रुबी पौडेल, टेक्ससकी सरिता थागुना , कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल, क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार र क्यालिफोर्नियाकी उषा शाह रहेका छन् ।