January 15, 2025, Wednesday
२०८१ माघ ३

नेपाल-चीन सिमानामा ७ म्याग्निच्युडको भूकम्प, ५.२ सम्मका ६ वटा परकम्प गए, अझै ठुलो जान सक्छः भुकम्पविद्

२०८१ पुष २३
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

365

आज बिहान नेपालमा महसुस भएको भूकम्पको केन्द्रविन्दु नेपाल-चीन सीमाना तिप्बतको दिंगे कान्टीमा रहेको पुष्टि भएको छ ।

बिहान ८:४५ सम्म ६ वटा परकम्प गएको भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए ।

“हालसम्म ६ वटा परकम्प गइसकेको छ । ४ म्याग्निच्युडभन्दा माथिका ६ वटा परकम्प गएको हो,” अधिकारीले  भने, “४ भन्दा तलका परकम्प त धेरै नै गइसकेका छन् । ४ देखि ५.२ सम्मका ६ वटा परकम्प गएका छन् ।”

यीभन्दा ठूलो परकम्प जाने सम्भावना रहेको उनले जानकारी दिए । “अहिलेसम्म आएका परकम्पभन्दा ठूलो परकम्प जाने सम्भावना रहन्छ,” उनी प्रष्ट पार्छन्, “यद्यपि, ७ म्याग्निच्युडभन्दा ठूलो भने हुने सम्भावना कम हुन्छ ।”