May 15, 2025, Thursday
२०८२ जेष्ठ २

पक्राउ र डिर्पोटेसनमा असन्तुष्टि जनाउँदै अमेरिकी अध्यायगन प्रमुख बर्खास्त

२०८१ फाल्गुन १०
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

655

ट्रम्प प्रशासनले अध्यागमन एजेन्सी आइसका कार्यवाहक निर्देशक कालेब विटेलोलाई सोंचे अनुशार आप्रवासीको पक्राउ र देशनिकाला गर्न नसकेको भन्दै पदबाट हटाएको छ । ट्रम्प प्रशासनले दिएको दैनिक कोटामा काम गर्न नसकेको भन्दै विटेलोलाई हटाउने निर्णय राष्ट्रपति डोनाल्ड ट्रम्प र सीमा मामिलाका ह्वाइटहाउस प्रमुख टम होमानले गरेका हुन ।
होमानले आइस भित्रबाट सञ्चारमाध्यममा जानकारीहरु बाहिरिएको र आफ्नो योजनामा असिफल भएको भन्दै असन्तुष्टी जनाएका थिए । वाल स्ट्रीट जर्नलसँग कुरा गर्दै, एक ट्रम्प प्रशासन अधिकारीले ह्वाइट हाउसले छिट्टै नयाँ कार्यवाहक निर्देशक घोषणा गर्ने अपेक्षा गरिएको बताइएको छ । विटेलोलाई ट्रम्पले गएको डिसेम्बरमा छानेका थिए र उनीसँग आईसमा २३ वर्षको कामको अनुभव छ ।