May 15, 2025, Thursday
२०८२ जेष्ठ २

बर्षेनी ५५ हजार अमेरिका आउने डिभी २०२६ देखि अनिश्चित !

२०८१ फाल्गुन ६
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

755

यस बर्षको डाइभर्सिटी आप्रवासी भिसा (डिभी) पाएका अमेरिका आएपनि अर्को बर्ष अर्थात २०२६ बाट अमेरिका आउने बाटो संभवत बन्द हुने निश्चित छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम रद्द गर्ने प्रक्रिया अनुसार संसदमा विधेयक पुगेको छ ।

संयुक्त राज्य अमेरिका विदेश मन्त्रालयले प्रत्येक वर्ष कानुनीरूपमा सिर्जना गरिएको डाइभर्सिटी आप्रवासी भिसा कार्यक्रम सञ्चालन गर्छ र जसबाछ बर्षेनी ५५ हजार आप्रवासीलाई ग्रीन कार्ड दिएर अमेरिका भित्र्याउने गर्दै आएको थियो । अध्यागमन तथा राष्ट्रियता ऐनको धारा २०३(क) अनुसार, ती देशहरूका आवेदकहरूलाई “डाइभर्सिटी आप्रवासी“ को रूपमा आप्रवासन अवसर प्रदान गरिन्छ, जहाँबाट ऐतिहासिक रूपमा अमेरिकामा कम आप्रवासन दर देखिएको छ ।

यदि ट्रम्प प्रशासनले नरोकेको खण्डमा आर्थिक वर्ष २०२६ का लागि ५५ डाइभर्सिटी भिसा उपलब्ध गराइनेछ । अमेरिकाको तल्लो सदनको रुपमा रहेको युनाईटेड स्टेट कंग्रेसमा जर्जिया राज्यको दसौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने रिपब्लिकन पार्टीका नेता माइक कोलिन्सले बिल दर्ता गरेका हुन् । युएस कंग्रेसमा हाउस अफ रिप्रिजेन्टेटिभ्स कोलिन्सले सुरक्षा र निष्पक्षता सम्वद्र्धन अमेरिका ऐन ( द सेक्युरिटी एण्ड फेयर नेस इन्ह्यान्समेन्ट फर अमेरिका २०२५ ) दर्ता गराएका हुन् । फेब्रुअरी १२ मा दर्ता गरिएको ऐनमा डाइभरसिटी भिसा खारेज गर्ने स्पष्ट उल्लेख छ । अध्यागमन ऐन जारी गर्दै सन् १९९० बाट सुरु भएको डीभी कार्यक्रममार्फत् प्रत्येक वर्ष करिब ५५ हजार अमेरिका आउने गरेका छन् ।

२०२६ कार्यक्रमका लागि बंगलादेश, ब्राजिल, क्यानडा,हङकङ, कोलम्बिया, क्युबा, डोमिनिकन गणतन्त्र, एल साल्भाडोर, हेइटी, होन्डुरास,भारत, जमैका, मेक्सिका,े नाइजेरिया, पाकिस्तान, फिलिपिन्स र दक्षिण कोरियाबाट ५० हजार कोटा पुगेकाले यी देशबाट डिभी भर्न पाईने छैन । सन् १९९५ देखि नेपाल समेत डीभी कार्यक्रममा समावेश हुँदै आएको छ।

विश्वभरीका विभिन्न रिजन अनुसारका अफ्रिकाका ५० देश र एसियाका ३१ देशहरुले सन् २०२६ को डिभी भर्न पाउनेछन यदि बन्द भएन भने । जसमा एसियामा नेपाल सहित ३१ देशहरु रहेका छन । कोलिन्सले ल्याएको बिललाई हाउसमा टेनिसी राज्यको पाचौं कंग्रेसनल जिल्लाबाट प्रतिनिधित्व गर्ने  रिपब्लिकन पार्टीका नेता एन्डी अगलेस, टेक्सस राज्यको २६ औं कंग्रेसनल जिल्लावाट प्रतिनिधित्व गर्ने ब्रान्डन गिल र फ्लोरिडा राज्यको आठौं कंग्रेसनल डिष्ट्रिक्टबाट प्रतिनिधित्व गर्ने माइक हरिडोपोलोसले समर्थन गरिसकेका छन् ।