Newyork Time 05:20 am
December 5, 2024, Thursday
२०८१ मंसिर २०

बारीमा धान रोप्ने बर्षातको मुल रहेसम्म हो, नत्र खेतमै रोप्नुपर्छ धान

२०८१ असार २९
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

650

खबरमाला विश्लेशण
यतिखेर बर्षातको समय हो । हाम्रो जस्तो मुलुकका लागि मानो खाएर मुरी उब्जाउने समय । मतलव दुई महिना काम गरेर बर्षभरी खाना जम्मा पार्ने समय । बर्षातमा धेरै पानी परेर मुल फुट्छ । अरुबेला सुख्खा हुने स्थानमा सानातिनो खहरे खोला बन्दछ । यस्तो बेला किसानले भल छोप्ने भन्दै वास्तविक धान फल्ने खेत रोपाई सकेर धानको बीउ बाँकी बस्यो भने नजिकैको कोदो रोप्ने बारीमा त्यहि बिउको धान सदुपयोग गरी रोप्ने चलन छ । त्यो धान नै रोपे पनि त्यो बारी हो । किनकी पानी धेरै परेर मुल फुटेको बेला बिउ बढी भएपछि बारीले खेत बन्न पाएको हो । पानी कम परेको बर्ष त्यो बारी नै हो । यो प्रसंग यहाँ किन उल्लेख गर्न खोविजएको हो भने । नेपालको राजनीतिमा उदाएका नयाँ पार्टीहरुसंग मिल्ने देखियो । त्यो पाखो बारीले पानी परेर खेत बन्न पाए झै उम्रिएको चार महिनामा राष्ट्रिय पार्टी बनेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टीसंग तालमेल गर्न खोजिएको हो । म लेखकलाई नयाँ पार्टीप्रति थोरै भएपनि भरोसा भएर मैले आजसम्म राम्रा कुराको तारिफ गर्दै कलम चलाए ।

नेपालको राष्ट्रिय राजनीति प्रति धेर थोर जान्ने मौका पाएकोले पुराना दलहरुले गरेका हरेक नराम्रा काम सदैब प्रश्न गरियो । कही कतै प्रत्यक्ष सहभागी हुँदा पनि उनिहरुलाई चित्त नबुझेका कुरामा जनहित बेगरका कुरामा सधै प्रश्न गरियो । सुधारका कुरा, समृद्धिका कुरा, समावेसी कुरा , सहभागीताका कुरा, सुन्नै नचाहनेहरुको हावी हुँदै गएर परिवार र नातागोतामा सीमित भएपछि पुराना पार्टीहरु आजको अवस्थामा आलोचित हुन पुगेका हुन । तिनीहरुले गरेका मनपरीको फेहरिस्त लामो हुन्छ । त्यसैले आज राजनीतिक रुपमा कुनै जात, वतन, सिद्धान्त केहि ठेगाना नभएकाहरु उदाए । तिनीहरुको प्रभावकारीतामाथी प्रश्न उठि रहेको बेला रवि उदाएका हुन । उनि नआएका भए अर्का आउँथे त्यो आउन ढिला भएको थियो आयो । राजनीति भनेको यस्तै हुन्छ । सवल लोकतान्त्रिक प्राणालीमा राजनीति यस्तो हुँदैन । केहि पढेर, केहि देशहरुमा भएका प्रयोगहरु देखेर यत्ति भन्न सकिन्छ की राजनीति यस्तो हुँदै होईन ।

अमेरिकी सविधान निर्माताहरुले भनेका यी शब्दहरु कति प्रभावकारी छन । सरकारका सम्पूर्ण स्वरूपहरू मध्ये लोकतन्त्र कठिन, संभवतः सबभन्दा जटिल र चुनौतीपूर्ण हुन्छ । यो अनेकौं किसिमका तनाव र विरोधाभासहरूले भरिएको हुन्छ र यसमा लागेकाहरूले यसलाई कार्यरूप दिन निरन्तर खटिइरहनु पर्दछ । लोकतन्त्रको परिकल्पना फटाफट चाहे जस्तो गरी काम हुन सकोस् भन्नाका लागि नभई जवाफदेही रूपमा काम होस् भन्ने होः कुनै पनि लोकतान्त्रिक सरकारले एउटा तानाशाही सत्ताले जत्तिकै छिटो गरी काम गर्न सक्षम नहुन सक्छ, तर जब एउटा कार्यविधि तय गरिन्छ त्यसले आम जनसमर्थनको गहिरो तलाउबाट शक्तिस्रोत प्राप्त गर्दछ । हो आज लोकतन्त्र भन्ने शब्द भजाएर राजनीतिक नेतृत्व स्वार्थ पुरा गर्न मरिहत्ते गर्दछन ।

राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामीछानेको क्रेजका कारण स्थापित हो । अहिलेसम्म पार्टी बनी सकेको छैन । त्यो अझै पनि रविको फ्यान क्लव हो । त्यो क्रेजलाई पार्टीको आकार दिने कालीगड डा मुकुल ढकाल हुन । रवि लामीछाने काठमाडौ छिरेदेखि पार्टीलाई यो अवस्थामा ल्याउन अध्यक्ष लामीछानेले पटक पटक लाभको पदमा आसिन भए तर मुकुल ढकाल संगठन निर्माणमा मात्रै केन्द्रित भए र रविको क्रेजलाई पार्टी बनाउन अहोरात्र खटे । कारण आज रविलाई रवि बनाउने पहिलो हात उनै ढकालको छ । पार्टी महामन्त्रि भएर उनि सांसद बन्न सक्थे, मन्त्रि बन्न सक्थे, लाभको पद दिन सक्थे लिएनन् । उनि सामान्य मानिस होईनन डाक्टर कुन आफ्रनो तहमा जसरी नी गर्न सक्थे तर गरेनन । अर्को मुल तथ्य त्यो पार्टीको आकार बनी नसकेको झुण्डहरुको समुह हो । उक्कासी उदाएपछि त्यहाँ कसलाई महामन्त्री बन्ने हतारो हुँदा झुण्डको कुरा अध्यक्षले सुने अनि आदेश भयो फायर अनि उनि हटाइए ।

डा ढकाल उनि संगठन निर्माण निरन्तर लागे तर आज उनि आफैले बनाएको घरबाट नांगै निस्कन बाध्य भए । सायदै यो नेपाली समाज र राजनीति यति कठोर र स्वार्थी बन्दै गएको प्रमाण पनि हो । होला त्यो पार्टीमा कसैलाई महामन्त्रि बन्न होला कसैलाई प्रवक्ता बन्न होला । त्यसैले पार्टी बन्न रवि क्लबलाई अझै समय लाग्ने छ । उनिहरुले सरकारमा गएर गरेका कामहरुको फेहरिस्त हेर्ने हो भने सुमना श्रेष्ठ केहि कोसिश गरिन बाँकी सबै उस्तै ।

रवि र डीपी अर्याल पैसा कामउन र पद दुरुपयोग गर्न पुराना दलका नेता भन्दा बढी चुकेका छन । डीपी अर्यालले मेन पावर पोस्न गरेका कर्तुतहरु अर्को छुट्ै समाचार बन्ने छन । हुन त उनि जे गरेर आएका हुन त्यहि हाली मुहाली गर्ने भए पनि उनको आशा के गर्नु । जनतालो केही आशा गरेका दलहरु यसरी एकै पटक सरकारमा जाँदा जसरी नगिए यीनीहरु पुराना दलभन्दा बढी बदनाम खराब छन । सव्तन्त्र पार्टीमा डा मुकुलललाई जसरी घोक्रेठ्याक लगाए अब यो पार्टी पनि पुराना भन्दा बढी खराव हुने भए । उसमा अन्तरिक लोकतन्त्र भन्ने कुरा रहेनछ । हुनत लिंग नछुटिएको पार्टीबाट उसबाट के आशा गर्नु तर पनि जनातमा एक खालको निराशा पैदा भएको छ । सरकारमा गए केहि माखो मारेनन आफ्नो बचाउमा पदीय दुरुपयोग मात्रै गरे । त्यसैले केहि चरित्र सुधार गर्ने हो भने नेपालका पुराना दलहरु नै बढी लोकतान्त्रिक छन । उनिहरु जनताका कुरा सुन्छन । हुन त नेपालमा मात्र होईन विश्वभर नै यस्तै हावा चलेको छ जहाँ आधी बेहरी आएर २,४ बर्ष हल्ला गर्दछन अनि हराउँछन । नेपालको सन्र्दभमा पनि यस्तै संकेत देखा परेको छ ।

रविको त कुरै छाडांै बालेनसमेत तलवी साईबर सेना राखेर आफ्नो प्रचार गराएको खबर सार्वजनिक भएका छन । महानगरको पैसाबाट दिनमा लाखै रुपिया खाजा खर्च गराएर पालिएका साईबर सेनाले विरोधीलाई तारो बनाउने र हुँदै नभएको कामलाई हल्ला फिजाउने गरेका रहेछन । काम गर्नलाई साईबर सेना चाहिन्न भन्ने कुरा खोला पारी ललितपुरबाट सिके हुन्न र । गोपी हमाल पनि त छदैछन । रविबाट पालित पोसित साईबर सेनाले शुरु गरेको डिप फेक त फेक नै रहेछ भनेर उनि आफै गृहमन्त्रि भएको बेला प्रमाणित नै गरयो । त्यसैले नयाँ पनि उस्तै हुन भन्ने भाष्य शुरु भएको छ अझै सुध्रिने मौका छ ।

पार्टीले कारबाही गरेको भोलिपल्ट मुकुल ढकाल सभापति रवि लामिछाने र पार्टीभित्रका भद्रगोल छताछुल्ल पारेका छन र ती कुराहरु ७० प्रतिशत ठीक हो भन्दै मनिस झा ले बताएका छन । सो पार्टीले महामन्त्रि जस्तो पदमा रहेका व्यक्तिलाई यति सजिलै धपाए की सामान्य कार्यकर्ता जस्तो गरी । केन्द्रीय समितिले महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको भोलिपल्ट बुधबार पत्रकार सम्मेलन गरेर उनले रवि लामिछानेमाथि राहदानी दुरुपयोग र सहकारी ठगी प्रकरणमा छानबिन गर्नुपर्ने बताए । जे होस रवि दिनानुदिन कमजोर र हतास बनी रहेका छन । पार्टी पनि अबको चुनावसम्म रहन्छ की रहँदैन त्यो समयले नै बताउला ।