February 7, 2025, Friday
२०८१ माघ २६

बेलैमा पासपोर्ट नविकरण नहुँदा माल्टाका २ सय नेपाली अबैध

२०८१ कार्तिक ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

675

 

समयमा नै पापोर्ट नविकरण नभएको कारण माल्टामा रहेका नेपालीहरु अबैध बन्दै गएका छन । परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरणका लागि चासो नदिँदा माल्टामा कार्यरत नेपालीहरू समस्यामा परेका हुन । पासपोर्ट नवीकरणलगायतका सेवाका लागि लागि घुम्ती टोली पठाउन मन्त्रालयलाई आग्रह गरिएपनि हालसम्म समस्याको समाधान हुन नसकेको गैरआवासीय नेपाली संघका माल्टाका अध्यक्ष रेम्स खनालले बताएका छन । उनका अनुसार माल्टाको अस्थायी आवासीय परिचय पाउनका लागि हरेक वर्ष नवीकरण गराउनुपर्ने हुन्छ । यसरी नवीकरणका लागि पासपोर्टको म्याद ८ महिना बाँकी हुनैपर्ने हुन्छ । तर, नवीकरण गराउन नपाउँदा करिब २ सय जना अवैधको हैसियतमा पुगेका छन । सरकारले समयमा आवश्यक व्यवस्था नगरिदिए छिट्टै कैयन नेपालीलाई समस्या पर्ने अवस्था रहेको उनको भनाइ छ ।

माल्टालाई नेपाली दूतावास स्पेनले हेर्दै आएको छ । तर, त्यहाँ जनशक्तिलगायतका समस्या रहेकाले तत्काल विभागबाटै टोली खटाइनुपर्ने आफूहरूको धारणा रहेको खनालको भनाइ छ । माल्टामा ५ वर्ष काम गरेर बसेपछि अस्थायी आवसायीय सुविधा हुने भएपनि हरेक वर्ष कार्ड रिन्यु गर्नुपर्ने नियम छ । हाल माल्टामा करिब १० हजारको हाराहारीमा नेपाली कार्यरत रहेको बताइएको छ ।

समस्याबारे एनआरएनए माल्टाले राहदानी विभागबाट घुम्ती टोली पठाइदिन परराष्ट्रमन्त्री आरजु राणा देउवासमक्ष आग्रह गर्दै सेप्टेम्बर पहिलो साता नै पत्राचार गरेको थियो । विशेष गरी, पासपोर्ट नवीकरण, नयाँ पासपोर्ट आवेदन र अन्य राहदानीसम्बन्धी सेवाहरूको लागि घुम्ती टोलीको व्यवस्था गर्नुपर्ने आवश्यकता रहेको एनआरएनएको भनाइ छ ।  माल्टामा यतिखेर व्यापक नेपालीको उपीस्थति रहेकाले काम पाउन मुस्किल पर्दै गएको छ । माल्टा भनेर जाने तर त्यहाँबाट स्पेन, पोर्चुगललगायत यूरोपियन देश जाने लहर चलेको छ ।