Newyork Time 04:42 pm
November 11, 2024, Monday
२०८१ कार्तिक २७

मेक्सिको सिमानामा गोली प्रहारबाट ६ आप्रवासी मारिए, नेपालीको अवस्था अज्ञात ?

२०८१ आश्विन १८
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

400

 

ग्वाटेमालाको सिमानामा मेक्सिकन सैनिकले चलाएको गोली लागेर ६ जना आप्रवासी मारिएका समाचार छ । ती मारिनेमा कुन देशका हुन खुलाइएको छैन । ग्वाटेमाला सिमाना हुँदै अमेरिका गइरहेका नेपाल, भारत, ईजिप्ट, क्यूवा र पाकिस्तानका आप्रवासी चढेको ट्रकमा प्रहार गरिएको गोलीबाट मारिएका ती आप्रवासी को थिए भन्नेबारे विस्तृत खुलाइएको छैन । अन्तर्राष्ट्रिय समाचार एजेन्सी न्युज वीकलाई उद्धृत गर्दै बिहीबार समाचार छापेको छ, जहाँ मेक्सिको सरकारको रक्षा विभाग स्रोतलाई हवाला दिइएको छ । नेपालको आप्रवासी पनि त्यहाँ रहेको बताइए पनि ति नेपाली सुरक्षित छन वा मारिए केहि खुलाइएको छैन ।

मेक्सिकोको रक्षा विभागले दिएको सूचना अनुसार दुईवटा अरु सवारीको साथमा आइरहेको ट्रकमा गोलाबारी सुनिएको थियो । मेक्सिकन सैनिकले ती गाडीमा गोली चलाउँदा चारको तत्कालै मृत्यु भएको थियो भने दुई जनाको पछि मृत्यु भएको हो । १२ जना घाइते बने । आप्रवासीहरूले बन्दुकलगायत हतियार बोकेको आशंकामा सैनिकले गोली चलाए पनि गाडीभित्र कुनै हतियार नभेटिएको रिपोर्टमा जनाइएको छ । गाडीभित्र रहेका अरु १७ आप्रवासी भने सुरक्षित छन् । यो रुट अमेरिका आउने आप्रवासीको मुख्य रुट हो । पछिल्लो दिनमा अमेरिका आउने बाटोमा कडाई गर्न थालिएसंगै व्यापक आप्रवासीहरुका धरपकड बढेको अन्तराष्ट्र्रिय सँन्चारमाध्यमहरुले जनाएको छ ।