राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका अधिकारीहरूले मंगलबार रिपब्लिकन सिनेटरहरूसँग एक बैठकमा सीमा सुरक्षित गर्नको लागि बजेट सकिएको बताउँदै अमेरिकी–मेक्सिको सीमापर्खाल पूरा गर्न र थप कानून प्रवर्तन एजेन्टहरू भर्ना गर्न कांग्रेसले तत्काल १७५ अर्ब डलर पारित गर्न आवश्यक रहेको बताइएको छ । ट्रम्पका “सीमा जार“ टम होमन र ह्वाइट हाउसका बजेट निर्देशक रसेल भोटले सांसदहरूलाई चेतावनी दिदैं सीमा सुरक्षित गर्न आवश्यक रकम प्राप्त गर्न रिपब्लिकनहरूबीच जटिल कर प्याकेजमा सम्झौता हुन केही महिना कुर्न सकिँदैन । “हामीसँग अहिलेको समस्या भनेको पैसा सकिँदैछ,“ सीनेट बजेट समितिका अध्यक्ष लिन्डसे ग्राहामले होमन र भोटसँगको बैठकपछि पत्रकारहरूलाई भनेका छन ।
सिमा जार “टम होमनले भनेका छन ’म तपाईंसँग पैसा माग्दैछु ।’ रसेल भोटले भने, ’हामी आप्रवासन तथा भन्सार प्रवर्तनका लागि पैसा सकिँदैछ, हामी अब अन्य खाताबाट पैसा सार्न सक्दैनौं,’“ ग्राहामले भनेका छन । ग्राहामले भने कि कांग्रेसले अमेरिकी–मेक्सिको सीमापर्खाल पूरा गर्न र आपराधिक क्रियाकलापमा संलग्न आप्रवासीहरूलाई देशनिकाला गर्न आप्रवासन तथा भन्सार प्रवर्तनका एजेन्टहरू भर्ना गर्न थप रकम उपलब्ध गराउनु आवश्यक छ भन्दै पैसा मागेको द हिल अनलाईनले समाचार छापेको छ ।
ग्राहामले बुधबार बजेट प्रस्ताव पारित गर्ने योजना बनाउनु भएको छ, जसले सीमासुरक्षा, तेल र ग्यास उत्खनन विस्तार, र रक्षा खर्च वृद्धि गर्नका लागि साधारण बहुमतबाट पारित गर्न सकिने बजेट मेलमिलाप प्याकेजको आधार तयार गर्नेछ । तर, जोनसन भने ट्रम्पको एजेन्डालाई एउटै प्याकेजमा अघि बढाउन चाहन्छन्, जसमा सीमासुरक्षा, ऊर्जा सुधार, रक्षा, र २०१७ को कर कटौती तथा जागिर ऐनको विस्तार समेटिएको हुनेछ । सभामुख जोनसनले मंगलबार ग्राहामको बजेट योजनालाई हाउसका लागि “स्वीकार्य छैन“ भनेर बताएका थिए ।