May 15, 2025, Thursday
२०८२ जेष्ठ २

राष्ट्रपति ट्रम्पद्धारा २० आप्रवासन न्यायधिष बर्खास्त, ३ करोड ७० लाख आप्रवासन मुद्दा पेण्डिंगमा

२०८१ फाल्गुन ४
Read Time : < 1 मिनेट
खबरमाला संवाददाता

810

 

ट्रम्प प्रशासनले गत हप्ता २० जना आप्रवासन न्यायाधीशलाई कुनै स्पष्टीकरण नसोधीकन बर्खास्त गरेको छ । जसको उद्देश्य संघीय सरकारको आकार घटाउने प्रयासलाई जारी राख्नु हो, एसोसीएटेड प्रेसले समाचार छापेको छ । ति न्याधिषहरुलाई विना कुनै चेतावनी बर्खास्त गरिएको बताइएको छ ।

आप्रवासन न्यायालय प्रणाली गहिरो दबाबमा छ, ३.७ मिलियनभन्दा बढी निर्णय हुन बाँकी आप्रवासन मुघाहरु रहेको बेला ति न्याधिषलाई निर्णय प्रक्रिया लामो ढिलो भएको पनि आरोप लागेको छ । यहि अवस्थामा शरण आवेदनहरू विशेषगरी समाधान हुन वर्षौं लाग्न सक्छ । ट्रम्प प्रशासनले अब ती फाईहरु धमाधम खोलेर छिटो प्रक्रियामा फैसला गर्ने बताएका थिए । यहि अवस्थामा धेरै न्यायाधीश र सहयोगी कर्मचारीहरूको माग पनि छ, तर ट्रम्प प्रशासनको तर्फबाट मुद्दाहरूको छिटो समाधानका लागि गरिएको दबाबले पहिल्यै अदालतका न्यायाधीशहरूलाई थप दबाब पारेको छ । ट्रम्प प्रशासनले पेण्डिंग रहेका सबै मुद्दाहरु फाष्ट ट्याकबाट समाधान गर्न नयाँ नियूक्ति थाल्ने बताइएको छ ।

ट्रम्प प्रशासनको अन्तर्गत, आप्रवासन समीक्षा कार्यकारी कार्यालयमा केहि महत्वपूर्ण परिवर्तनहरू भएको छ । जसमा कार्यवाहक निर्देशक म्यारी चेंगको स्थानमा सर्ज ओवेनलाई नियुक्त गरिएको छ । वर्तमान निर्देशक ओवेन, जो एक पूर्व आप्रवासन न्यायाधीश छन्ले बाइडन प्रशासनका नीति र निर्देशिका विरोधी नयाँ नीतिहरू लागू गरेका छन् ।