देशका विभिन्न स्थानहरूमा तापक्रम उल्लेख्य रूपमा वृद्धि हुँदै गएको छ
। वर्षा गराउने मौसमी गतिविधि कम सक्रिय हुँदा देशका अधिकांश
स्थानहरूमा तापक्रम उल्लेख्य रुपमा वृद्धि भएको हो । हाल देशमा
पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । नेपालमा
सामान्यतया जुन १३ मा मनसुन भित्रिने गरेको छ । यद्यपि यो वर्ष तीन दिन
चाँडै देशको पूर्वी भागमा मनसुन प्रवेश गरेको जल तथा मौसम विज्ञान
विभागले जनाएको छ । तर मनसुन राजधानीहुँदै पश्चिम नेपालसम्म
नफैलिएसम्म चर्को गर्मी नहट्ने जनाईएको छ ।
जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका कतिपय
स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४३ डिग्री सेल्सीयस वा
सोभन्दा बढी मापन गरिएको जनाएको छ । मौसमको हिसाबले चिसो
मानिने काठमाडौं उपत्यकामा समेत गर्मीको असर देखिएका छ ।
काठमाडौंमा आइतबार दिउसो ३२ डिग्री तापक्रम मापन गरिएको छ ।
दिउसो उर्खमाउलो गर्मी हुँदा जनजीवन प्रभावित बनेको छ । अत्याधिक
गर्मीका कारण तराईका अधिकांस विद्यालयहरु बन्द गरिएको छ ।
आगामी केहीदिन देशका मध्ये तथा पूर्वि तराईमा लूको सम्भावना रहेको
भन्दै मौसमविद्ले सचेत हुन आब्हान गरेका छन् ।
गर्मीका कारण दिउसो मानिसहरु हिडहुल गर्न समेत छाडेका छन् । अत्यावश्यक उपभोग्य सामान
खरिद गर्नेहरु बिहान बेलुकामात्रै निस्कने गरेका छन् । सार्वजनिक यातायातमा
पनि गर्मीका कारण उकुसमुकुस हुने गरेको छ । प्रायजसो सवारी साधन र
मानिसको चहलपहलले हुने ठाउँहरुमा चहलपहल कम हुन थालेको छ ।
बाहिरिएका मानिस चिसो पदार्थ खाएर दिन काट्ने गरेका छन् गर्मीकै
कारणले नागरिकमा झाडापखला, रुघाखोकीजस्ता समस्या देखिन थालेका छन्
। बाहिर निस्कनै नसक्ने अवस्था रहेको र निस्की हालेपनि चौतारी छाहारी
खोज्नुपर्ने अवस्था रहेको छ । दिउँसोको समयमा घाममा नहिँड्न र
हिड्नै परे छाता प्रयोग गर्ने, प्रशस्त झोल पदार्थ पिउने, हल्का लुगा
लगाउने चिकित्सकले सुझाएका छन् । नेपालमा बैशाखदेखि भदौ सम्म धेरै
गर्मी हुने गर्छ । बढी तापक्रमका कारण थकाइ लाग्ने, कमजोरी हुने,
बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, बेहोस हुने, बान्ता
हुने जस्ता स्वास्थ्य समस्या देखा पर्छन् । यता, अवको तिनदिनमा कोशी, मधेश
र बागमती प्रदेश लगायत गण्डकी प्रदेशको पहाडी भू भागमा आंशिक देखि
साधारणतया बदली रही बाँकी भू भागमा मौसम सफा रहने जल तथा
मौसम विभागले जनाएको छ ।